अमित ठाकुर।रौतहट।असार ०५। रौतहट जिल्लाको गौर बैरगनिया बोर्डर नामको लागि मात्र सिल रहेको देखिएको हो।कोभिड रोकथामका लागि गत चैत ११ गते देखि सिल गरिएको बोर्डर नामको लागि मात्र सिल गरिएको हो।
कोरोनाको उच्च जोखिममा रहेको रौतहट जिल्ला अहिले बजार ब्यवस्था पनि खुकुलो हुँदै गएको हो। बोर्डर एरियामा गस्ती कडा पार्न शस्त्र प्रहरी बललाई खटाइएका पनि प्रहरीकै रोहबरमा भार्तीय नागरिक नेपाल तथा नेपाली नागरिक भारतमा छिर्ने गरेको हो। नामको लागि मात्र मेन नाका बन्द भएता पनि प्रहरीकै रोहबरमा भार्तीय समानहरु अबैध रुपमा रौतहट छिर्ने गरेको हो। कोरोनाको उच्च जोखिममा रहेको रौतहट जिल्लामा भार्तीय नागरिकहरु बिना चेकजाँचकै रौतहट छिरी पसलहरु खोल्न सुरु गरेको हो। डिउटीमै रहेको प्रहरीको संरक्षणमा रातभरी तस्करीका मालसमान ढुवानी भईरहेको एक स्थानीयले जनाएको हो। छिमेकी देश भारतमा कोरोना संक्रमित दिनानुदिन बढ्दा रौतहटको यस्तो अबस्थामा रौतहटमा झन संक्रमित बढ्ने संका उपसंका उत्पन्न हुन थालेको हो। शस्त्र प्रहरीको डिउटी हुँदा हुँदै भारतको बैरगनियाबाट दिनहुुँ स्पेयर पार्टस,किरानाका समान, कपडा सहित अन्य समानहरु ढुवानी भईरहेको एक स्थानीयले जनाएको हो। भने नेपालबाट मदिरा, छोहडा,मरिच, सहित अन्य समानहरुको तस्करी भएरहेको एक स्थानीयले जनाएको हो।