सी अहेव यादवले पेश गरे वरिष्ठताको प्रमाण , जिम्मेवारी दिनु पर्ने मांग

1815

रौतहट , ३२ जेष्ठ
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा रिक्त रहेको नगर स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिनको लागि एक जना स्वास्थ्यकर्मीले बरिष्ठताको प्रमाण सहित दावी पेश गरेका छन ! पहिला देखि स्वास्थ्य संयोजकको जिम्मेवारी सँभालदै आएका सुबोध साह कनिष्ठ भएको भन्दै स्वास्थ्य चौकी मुड़वालवामा कार्यरत सी अ हे व अधिकृत रामाकान्त प्रसाद यादवले उक्त दावी पेश गरेको हो !
नगरपालिकामा रिक्त रहेको सातौ तहको स्वास्थ्य शाखा पदको जिम्मेवारी जूनियर कर्मचारी लाइ दिइएकोले कार्य गर्न हीनता बोध भैरहेको जिकिर निवेदनमा गरिएको छ ! कर्मचारी संकेत नम्बर १८१८६८ रहेको सी अ हे व यादवले बरिष्ठतालाइ पहिलो प्राथमिकता दिने सर्वमान्य रहेको ले उक्त सिद्धान्तको आधारमा स्वास्थ्य शाखाको प्रमुखको जिम्मेवारी पाउनु पर्ने मांग गरेका छन !