रौतहटमा लाखौं रुपैयाँ सहित हुण्डी कारोबारी पक्राउ

1694

अमित ठाकुर रौतहट जेष्ठ २७। प्रदेश नंबर २ का प्रहरीले ८ लाख नेपाली रुपैयाँ सहित १ हुण्डी कारोबारीलाई पक्राउ गरेका छन्। प्रदेश नंबर २ का प्रहरी निरीक्षक बरुण बहादुर सिंहको कमाण्डमा खटिएका टोलीले ८ लाख नेपाली रुपैयाँ सहित कारोबारीलाई पक्राउ गरेको प्रदेश प्रहरीका प्रमुख डिअाईजी धिरज प्रताप सिंहले जनाएको हो। लकडाउनको मौका छोपी ईशनाथ नगरपालिकाका वडा नंबर ४ महुलियाका का २० बर्षिय धर्मेन्द्र साह तेलीले भारतबाट ८ लाख नेपाली रुपैयाँ लिई लालबकैया नदी हुँदै गौर तर्फ अाउँदै गर्दा प्रदेश प्रहरीले पक्राउ गरेको डिअाईजी सिंहले जनाएको हो। पक्राउ परेको तेलीले अाफ्नो शरिरमा ८ लाख नेपाली रुपैयाँ लुकाई छुपाई ल्याई रहेको अवस्था बिशेश सुराकीको अधारमा गौर नगरपालिका वडा नंबर ४ स्थित लालबकैया नदिमा पक्राउ गरेको हो। तेलीलाई पक्राउ पछि अावश्यक कार्वाहीका लागि रुपैयाँ सहित जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको प्रदेश प्रहरी प्रमुख डिअाईजी सिंहले जनाएको हो।