नयाँ दिल्ली : भारतले आज अगस्ट १५ मा ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो अवसरमा दिल्लीको लाल किल्लामा भारतीय झण्डा फहराएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान स्थानीय समयअनुसार ७.३० बजे लाल किल्लामा झण्डा फहराएका थिए र त्यसपछि राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
कार्यक्रममा मन्त्रिपरिषद्का मन्त्रीहरु, राजनीतिक दलका नेताहरु, तीनै तहका प्रमुख तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।
भारत सरकारको ‘जनभागीदारी’ कार्यक्रममा नर्स, गाउँपालिका, शिक्षक, किसान, मछुवालगायत विभिन्न पेशाका करिब एक हजार ८०० व्यक्तिलाई विशेष अतिथिका रूपमा बोलाइएको छ ।
भारत सरकारले ‘हर घर तिरंगा’ कार्यक्रमअन्तर्गत घर–घरमा तिरङ्गा फहराउन प्रोत्साहित गरिरहेको छ । यसका साथै प्रधानमन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो प्रोफाइल फोटो परिवर्तन गर्न पनि आग्रह गरेका छन् ।
लाल किल्लामा आयोजित समारोहलाई कडा सुरक्षा दिन, हजार सीसी क्यामेरा, एन्टि-ड्रोन प्रणाली र हजारभन्दा बढी प्रहरी कर्मचारीहरू तैनाथ थिए। बीबीसी