सडक र नाला निर्माणमा ठेकेदारको लापरबाही

836

रौतहट ।। रौतहटमा ठेकेदार कम्पनीले सडक र नाला निर्माणमा मनोमानी र लापरबाही गरेको पाइएको छ । ठेकेदारहरूले सडक र नाला निर्माणमा जथाभाबी गर्दा सर्वसाधारण भने समस्यामा परेका छन् ।
सहरी विकास तथा भवन निर्माण विभाग कार्यालय पर्साको मातहतमा रही रौतहटको देवाही गोनाही नगरपालिका वार्ड न.४ मा खेसरहिया देखि देवाही गोनाही सम्म सडक तथा नाला निर्माणमा लापरबाही गरिरहेका हुन् ।
आठ महिना पहिला काम सुरु गरेको भन्दै काम सुरु गरेदेखि नै उनीहरूले गुणस्तरहीन काम गरेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाउँदै आएका छन् । तर ठेकेदार कम्पनीले आफ्नो प्रवृत्तिमा कुनै परिवर्तन नगरी काम जारी राखेको स्थानीयको आरोप छ ।
ठेकेदार कम्पनीले दुईतिर घर भत्काएर सानाठूला खाडल खनेर सडक निर्माण नगरी काममा किन ढिलो गरे आजभोली भन्दाभन्दै महिनो बितिसक्दा युवा तथा समाजसेवी भरत पटेलले बताएका छन । वर्षाका बेला खाल्डोमा पानी भरिएर मान्छे मर्ने जोखिम बढेको स्थानीय बासिन्दा बताउँछन् ।

नेपाल कम्युनिस्ट पार्टीका युवा नेता भरत पटेलले ठेकेदार पक्षलाई सम्झौताबमोजिम गुणस्तरीय काम गर्न पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नगरेका कारण स्थानीय प्रशासनलगायत सरोकारवाला पक्षलाई गुहारिएको बताए । यस विषयमा साह निर्माण सेवा का संचालकलाई बारम्बार जानकारी गराउँदा पनि वास्ता नगरेको उनको आरोप छ । साह निर्माण सेवाका संचालकलाई फोन गर्दा वहाको कुरा समावेश गरेका छैन ।