खगेन्द्र हमाल
कोरोना भाईरस कोभिड १९ को कारण भारतका विभिन्न प्रदेशमा लकडाउनमा फसेका कर्णाली प्रदेशवासिहरु यतिबेला नेपाल फर्कन चाहेका छन।लकडाउनको कारण रोजगारी गुमेपछी बिचल्लीत परेका उनीहरु कर्णाली प्रदेश सरकारले उद्दार गरे आफुहरु घर फर्कन चाहेको चिङ्गाड गाउँपालिका सुर्खेतका बिक्रम कुमार रानाले टेलिफोन मार्फत जानकारी दिए।भारतमा दिनप्रतिदिन कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछी यतिबेला भारतमा बस्ने नेपाली बढी त्रसित बनेका छन्। उनीहरूलाई तत्काल उद्धार गर्नुपर्ने खाचो परेको छ।
तत्काल हाम्रो उद्धार गर्नुपर्यो। नेपालमा १४ दिन होइन एक महीना पनि क्वारेन्टाइनमा बस्न तयार छौँ बिक्रम रानाले बताए।बिक्रम कुमार रानाले भने भारतको गुजरातमा मेरो सम्पर्कमा ८० जना कर्णालीबासी दाजुभाइहरु हुनुहुन्छ, र हामी सबैजना नेपाल जान चहान्छौ।
उनले भने हाम्रो साथमा पर्याप्त पैसा पनि छैन।पहिला काम गरेको पैसा सबै सकियो।घरपरिवार आफन्तलाई पनि आफ्नो हालखबर सुनाउन पनि सकिएको छैन।यस्तै हो भने कोरोनाले भन्दा पहिले तनाव र बेचैनीले ज्यान जाने भयो भनेर दुखेसो पोखे।भारतमा बढिरहेको रोगले हामिहरूको मनोविज्ञानमा असर परेको छ रानाले बताए।दिनहुुँ संक्रमण बढ्दै गएपछि भारतमा बढिरहेको रोगका कारण आफूहरूमा त्रास सिर्जना भएको भन्दै त्यहा भएका नेपालीहरुले प्रदेश सरकारलाई उद्धारको लागि माग गरेका छन्।लकडाउनले होटल र बजार बन्द भएपछि काम गर्ने ठाउँमा बस्दै आएका नेपालीलाई खान मात्रै होइन, बस्न समेत समस्या भएको छ र यतिबेला उनीहरु कोठा लिएर बसेका आफन्तकोमा ठेलमठेल गरेर बसिरहेको बताए।
पाँच जनाभन्दा बढी एउटै कोठामा बसेको थाहा पाए प्रहरीले पक्राउ गर्छ ।भारत सरकारले धेरैजना एकै कोठामा सँगै नबस्न भनेको छ । तर हामीहरु एउटै कोठामा ८, ९ जना बसेका छौँ। चिङ्गाड गाउपालिका सुर्खेतका भरत हमालले जानकारी दिए।लामो समयदेखि गुजरातमा बस्दै गरेका भरत हमालका अनुसार भारतमा अहिले छाक टार्न मात्र होइन बस्नको लागि समेत धेरै समस्या भएको बताए।उनले भने कर्णाली प्रदेशका मुख्यमन्त्री ज्युलाई हाम्रो बिनम्र अनुरोध छ हामिलाई जसरी नि उद्दार गरेर नेपाल लैजाने बाताबरण बनाउहोस।हामी नेपाल जान चाहान्छौ बरु मर्नै परेपनी आफ्नै घर आगनमा मरौला।यहाँ रोगले भन्दा भोग र चिन्ताले मरिएला भन्ने त्रास उब्जिएको बताए।चिङ्गाडकै अर्का एकजना प्रेम बहादुर हमालले कर्णाली प्रदेश सरकारलाई बिचल्लीत परेका कर्णालीका आम नागरिकलाई उद्दार गरि स्वदेश फर्काउन अनुरोध ब्यक्त गरेका छन।उनले भने मुख्यमन्त्री ज्यु हामिलाई बचाउनुहोस हामी नेपाल आउन चाहान्छौ।तर आउनलाई प्रयाप्त रकम छैन हामिलाई जसरीनि उद्दार गर्नुहोस।बिदेशी भुमिमा कष्टपुर्ण जीवन विताउनुभन्दा बरु हामी आफ्नै देशमा मर्न चाहान्छौ उनले भने।