रौतहट लगायत मधेसका जिल्लामा पानी पर्यो, गर्मीबाट राहत

103

रौतहट । रौतहट जिल्ला लगायत मधेस प्रदेशका जिल्लाहरुमा मँगलबार पानी परेको छ । मँगलबार दिउँसो मौसममा परिबर्तन भई रौतहट सहित मधेसका जिल्लाहरुमा पानी परेको हो । लामो समय पछि पानी परेका छन । बितेको चैतदेखि नै निरन्तर रुपमा मधेसका जिल्लाहरुमा गर्मी बढदै गएको थियो ।
एका बिहानैदेखि लाग्ने चर्को घामका कारण अत्याधिक गर्मी भई मानिसहरुको चहल पहल बजारमा कम भएको थियो । तर मँगलबार दिउँसो मौसम चिसो भई पानी परेपछि रौतहटसहित मधेसबासीहरुले गर्मीबाट राहत महसुस गरेका छन ।
बढदो गर्मीका कारण मानिससहित रुख बिरुवाहरुले पनि पानी नपाएर सुक्न थालेका थिए । पानी परेसँगै रुख बिरुवाहरुमा पनि हरियाली छाउने देखिएको छ । बितेको बर्षदेखि नै रौतहट सहित मधेसका आठ वटै जिल्लाहरुमा गर्मीले पानीको मुहान सुक्न थालेको थियो ।