काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षीय खानको क्यान्सर रोगको उपचारका क्रममा मंगलबार राति निधन भएको भारतीय समाचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
स्वास्थ्य समस्या गम्भीर भएपछि उनलाई मंगलबार मुम्बईस्थित कोकिलावेन धिरुभाइ अम्बानी हस्पिटलमा आईसीयूमा भर्ना गरिएको थियो ।
उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। गत शनिबार उनकी आमाको निधन भएको थियो।
खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टर सिनेमामा काम गरेका थिए।