बेलायतमा २४ घण्टामा २ हजार ४३३ संक्रमित भेटिएर

712

लन्डन । बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा २०९ जनाको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोनाबाट एकदिनमा यति धेरैको मृत्यु भएको पहिलो रेकर्ड हो । 

बेलायतमा हालसम्म एक हजार २२८ जनाको मृत्यु भएको बेलायती जनस्वास्थ्यले आइतबार जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ४३३ संक्रमित भेटिएर जम्मा संक्रमितको संख्या १९ हजार ५२२ पुगेको छ ।

त्यसैगरी बेलायत सकारले नागरिकलाई ‘विशेष परिस्थिति’ का लागि तयार रहन आग्रह गरेका छन् । बेलायती मन्त्री माइकल गोभले भने, “म वास्तविक भविष्यवाणी गर्न सक्दैन । तर, हरेकले ‘विशेष परिस्थिति’का लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु । – बीबीसी