यातायात चलाउन बन्द

1610

काठमाडौं // सरकारले आज (सोमबार) देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।काठमाडौं उपत्यकाभित्र छोटो दुरीका सार्वजनिक यातायात चलाउन पाइने भए पनि काठमाडौं बाहिर जाने तथा बाहिरबाट काठमाडौं आउने लामो दूरीका सवारी साधन भने चलाउन बन्द गरिएको छ ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि यो उपाय सरकारले अपनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चले पनि बाहिर आउने जाने पूर्णत बन्द रहेको बताए ।

उनका अनुसार काठमाडौं उपत्यका बाहिर एक जिल्लाबाट अर्को जिल्लामा पनि सार्वजनिक यातायात चल्न बन्द गरिएको छ । काठमाडौं उपत्यकाको तीन जिल्लामा भने एकबाट अर्को जिल्लामा जान बन्द गरिएको छैन ।

नीजि सवारी साधनलाई भाडामा लिएर पनि काठमाडौं उपत्यका बाहिर जाने तथा आउने गरेको थाहा पाए पनि कारबाही हुने सरकारले जनाएको छ ।