ठेकेदारले असारमसान्तको अन्तिम सातामा पनि जम्मा गरेनन् गिट्टी बालुवाको रकम।

723

अमित ठाकुर।रौतहट।असार २७। रौतहट जिल्लाको गढीमाई नगरपालिका द्वारा निस्कासन गरिएको गिट्टी बालुवा तथा पटके सवारीसाधन करको रकम ठेकेदारले असारमसान्तको अन्तिम सातामा पनि नगरपालिकाको खातामा जम्मा गराएको छैन्।

रौतहटको गढीमाई नगरपालिकामा ठेकेदारले नदीजन्य उत्खनन गरि भण्डारन गरिएको तर नदिजन्य उत्खनन बन्द भएता पनि नगरपालिकाको खातामा केही पैसा जम्मा गरिएको र अझै जम्मा गर्नु परेमा असारमसान्तको अन्तिम सातामा पनि जम्मा गरिएको छैन्।

यस आर्थिक बर्षमा नगरपालिकाबाट नदी उत्खननका लागि भएको टेन्डरमा ठेकेदारले प्रत्येक महिना लगभग ३० देखि ३२ लाख तिर्नु परेमा ठेकेदारले केही महिनाको पैसा तिरी बाँकी रहेको रकम अहिले सम्म जम्मा नगरेको नगर प्रमुख स्याम यादवले जनाएको हो।

नगर प्रमुख यादवले पटक पटक ठेकेदारलाई सो रकम जम्मा गर्न भनेता पनि ठेकेदारले कानमा तेल हाली बसेका छन्।

त्यसतै पटके सवारीसाधन करको रकम ठेकेदारले नगरपालिकालाई अहिले सम्म नदिएको नगर प्रमुख यादवले जनाएको हो। यस आर्थिक बर्षमा ठेकेदार र नगरपालिका बिच भएको सम्झौता अनुसार ठेकेदारले अहिले सम्म नगरपालिकालाई सम्झौता अनुसार रकम उपलब्ध नगराएको नगर प्रमुख यादवले जनाएको हो। यसपाली कोरोनाको कारण दुवै ठेकेदारले अहिले बन्दाबन्दी हेराई सो सम्झौता अनुसार रकम जम्मा नगरेको नगर प्रमुख यादवले जनाएको हो। यस असारमसान्तमा बक्यौता रकम जम्मा नगरे साउन महिनामा कार्वाही प्रकृया अगाडि बढाउने नगर प्रमुख यादवले जनाएको हो।
ठेकेदारले बक्यौता रकम नै नबुझाई नदीजन्य दोहन गरि विभिन्न ठाउँमा थुपारेर राखिएको स्थानीयले जनाएको हो।