गढीमाई नपाद्धारा २ हजार मास्क, सेनेटाइजर वितरण

5333

रौतहट, ९ चैत । मित्र राष्ट्र भारतमा कोरोना भाइरसको प्रकोप बढदै गएपछि रौतहटको गढीमाई नगरपालिकाले कोराना भाईरस बाट जोगाउन आईतवार गौर चन्द्रपुर राजमार्गमा हिड्ने यात्रुहरु लाई निशुल्क मास्क र हैण्ड सेनेटाइजर बितरण गरेको छ ।

सदरमुकाम गौर देखि चन्द्रपुर राजमार्गमा चल्ने सबारी साधनाई रौतहटको गरुडामा रोकेर गढीमाई नगरपालिकाले सबारीका चालक र यात्रु लाई २ हजार भन्दा बढि मास्क बितरण गरेको हो । सेनिटाईजर वितरण गर्दै प्रयोग गर्ने विधि समेत सिकाएर सचेतना जगाएको छ ।

जनचेतना जागृत गर्ने उदेश्यबाट गढीमाई नगरपालिकाले आफनो नगर क्षेत्र बाहेक जिल्लाको प्रमुख राजमार्ग भएर चल्ने सबारी साधनका यात्रुलाई मास्क बितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए ।

जनचेतना अभियानमा ईलाका प्रहरी कार्यालय गरुडाको समन्व रहेको उनले भने । विश्वव्यापी कोरोना भाइरस महामारीको रुपमा तिव्र रुपमा संक्रमितहरुको संख्या बढदै जाँदा नेपाली नागरिकलाई जोगाउने उद्देश्यका साथ मानवता रुपी अभियानलाई थालनी गरिएको नगरपालिकाको मेयर प्रमुख श्याम यादबले जानकारी दिए ।

राजमार्ग मात्रै नभई गढीमाई नगरपालिको हरेक वडामा कोरोना सम्बन्धी हेल्थ डेस्क स्थापना गरेर चेकजाँच गर्नुको साथै मास्क, हेण्ड सेनेटाइजर र डिटल सावुन निशुल्क रुपमा वितरण गरिएको बताए ।

मेयर यादबले नागरिकलाई कोराना भाईरसको बिषयमा बुझाउने र सरकार द्धारा थालिएको अभियानमा सकारात्मक सहयोग गर्नु पर्ने स्पष्ट पारे ।

सो अभियानमा उपप्रमुख शुभद्रा गुप्ता, ईलाका प्रहरी कार्यालय गरुकाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो, प्रहरी निरिक्षक केदान मान ढोग सहित संचारकर्मीको उपस्थिति रहेको थियो ।

नमुनाको रुपमा अघि सारिएको यो अभियानले सबैलाई जागृत गर्दै कोराना भाईरस नियन्त्रण तर्फ लगिने जनाइएको छ ।