मेहताद्वारा हनुमान मन्दिर उद्घाटन

3256

रौतहट , ९ फाल्गुन । ईशनाथ नगरपालिकाका नगरप्रमुख सन्तोष कुमार मेहताले आज शुक्रबार हनुमान मन्दिरको उदघाटन गर्नु भएको छ । सो कार्यक्रममा नगरप्रमुख मेहताले कुरा गर्दा नगरमा ऐतिहासिक मठमन्दिरहरुको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । ईशनाथ नगरपालिका वडा नं.३ पिपरा टोलमा एतिहासिक मठहरुको निर्माण गर्नुको साथै आफ्नो नगरभरी सरसफाइ मा पनि ध्यानाकर्षण गराउनु भएका छन । पहिलादेखी नै यो मन्दिर नगरस्तरीय योजनाबाट निर्माण भएको नवनिर्मित हनुमान मन्दिर उद्घाटन गर्दै नगरप्रमुख मेहताले यस्तो धारण व्यक्त गर्नुभएको हो ।

सो उद्घाटन समारोहमा ईशनाथ नगरपालिकाका नगर उप्रमुख हुस्ने आराले धार्मिक सहिष्णुताका लागि हरेक मानिसहरु अ आफ्नो धर्मप्रति सरधा राखदै जातपात भन्दा माथि उठेर समाजका लागि परिर्वतनका संवाहक बन्न जरुरी रहेको बताए किनकी संसारमा धर्मभन्दा ठुलो आपसी मेलमिलाप र सद्भाव कायम राख्नु सबैभन्दा ठुलो कुरा सत्य हो भनेका थिए । आराले भने–‘इद, बकर इदका लागि बेला बेला पनि आर्थिक रुपमा कमजोर रहेका हिन्दहरुलाई खाद्यान्न दिन्छ’, दशैँमा दुर्गा मुर्तिहरु राखेको ठाँउमा गएर पनि आर्थिक सहयोग गर्ने गरेको छ’ । सम्भव भएसम्म भेटघाट गर्छ’, यसले हाम्रो धार्मिक सदभावलाई पनि बृद्धी गरेको छ । हाम्रो संस्कृतिलाई जीवन्त राख्न सबै मिलेर अघि बढ्नुका साथै सामाजिक सद्भाव कायम राख्न अव एकले अर्कोलाई सम्मान गर्नु जरुरी छ रहेको कुरा व्यक्त गर्नु भयो।
उक्त उद्घाटन कार्यक्रममा ईशनाथ नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले हामी नगर विकासको लागि कुनै कसर बाँकी नराख्ने कुरा बताउनु भएको छ । नगरमा ऐतिहासिक मठमन्दिरहरुको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
मन्दिर उद्घाटनमा मन्दिर निर्माणकर्ता जमुना ठाकुर लगायत १ नं.वडाका वडाध्यक्ष विगु साह बनिया, ३ नं.वडाअध्यक्ष रामकैलाश राउत, लेखापाल मनोज कुमार ठाकुर, सचिन्द्र ठाकुर, श्रीभगवान साह, मेजामुल खान, समाजसेवी शेख शाहमहम्मद सहित नगरवासीहरुको उपस्थिति रहेको थियो ।