प्रदेशलाई आत्मनिर्भर बनाउने ः मुख्य मन्त्री राउत

2314

प्रभातकुमार झा
रौतहट, १० मंसिर । प्रदेश नम्बर २ को मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले समाजिक रुपान्तारण मार्फत प्रदेशलाई आत्मनिर्भर बनाउने अभियानको साथ अघि बढेको बताए ।
समाजवादको मूल मन्त्रलाई अंगिकार गरेर देशमै उपेक्षित रहेको प्रदेश नम्वर २ लाई पूर्ण विकसित बनाएर यहाँका जनतालाई आत्मनिर्भर बनाउन प्रदेश सरकार कटिबद्ध रहेको बताए ।समाजवादी पार्टीको नित्ती रहेको र समाजवादको नित्तीले गर्दा नै केन्द्रीय सत्तासिन पार्टी डराईरहेको स्पष्ट पारे ।
परापुर्वकाल देखि मधेश र मेधशी जनतालाई शोषित गर्दै आएको खशबादीहरुले मधेशको विकासको नाममा मधेशी जनताहरुलाई विभिन्न प्रलोभन देखाएर फुट गराएर मधेशी जनतामाथी राजगर्दै आएको नेपाली काँग्रेस र नेकपालाई मधेशबाट उठीबास गराउन समाजवादी पार्टीको उदय भएको दाबी गर ।

४२ सालदेख शासन गर्दै आएका पार्टीहरुले मधेशमा रहेको थारु, दलित, जनजाती, मुस्लीम लगायतका जातहरुमाथी शोषण गर्दै उपेक्षित गरेको छ । अहिले त्यो अवस्था विद्यमाननै रहेको हुनाले नेपाल सरकारले दिदै आएको मुस्लिम, थारु तथा अन्य जातिहरुको राष्ट्रिय विदाहरु कट्टा गरी नेकपा सरकारले मनमानी गरेको आरोप लगाए ।
मधेशीहरु आफ्नो हैसियत देखाउने बेला भएको हुनाले आफ्नो बहुमुल्य एक मत समाजवादी पार्टीको उम्मेदवारलाई दिई मधेशबाट ४२ बर्ष देखि शासन गर्दै आएका पार्टीहरुलाई मुहतोड जवाफ दिई मधेश, पहाड तथा हिमालमा समेत समाजवादी पार्टीको समाजिक रुपान्तरणको नारा पु¥याई देशभरी नै समाजवादी पार्टी कुनै एक धर्म, जातजाती, समुदायको नभई सम्पूर्ण मधेशी, पहाडी, हिमाली भेगमा बसोबास गर्ने सबैलाई सम्मान तथा स्वाभिमान दिने राष्ट्रिय पार्टी रहेको बताए ।

गढीमाई नगरपालिका वडा नम्वर २ मा राजपाबाट वडाध्यक्षमा निर्वाचित जोगी दास तत्माको मृत्यु भएपछि आउदो १४ गते उपनिर्वाचनमा मुख्यमन्त्री राउतले वडाध्यक्षको उम्मेदवार दिनेश दास तत्मा उम्मेदवारको पक्षमा प्रचार गर्न मंगलवा रौतहट आउनु भएका थिए ।