रौतहट ७ फाल्गुण । कर्तब्य ज्यान लगायत दर्जनौ अपराधका घटनामा सग्लन रही बर्षौ देखी फरार रहेका एक आरोपी पक्राउ परेका छन । धन्सार जङ्गलसैया जाने बाटोमा प्रहरीले मङ्गलबार राती चार राउण्ड गोली प्रहार गरेर तत्कालिन तराई जन्तानत्रीक मुक्ती मोर्चाका ईन्र्चाज मौलापुर नगरपालिका – ८ सोनरनिया निबासी ४० बर्षिय अभय भनिने कामेश्वर पटेल कुर्मी लाई पक्राउ गरेको हो । प्रहरीको गोलि प्रहार बाट पटेलको बाया खुटामा दुई राउण्ड गोलि लागेको छ । गोलि लागि घाईते भएका उनको उपचार चन्द्रपुर अस्पताल प्रालिमा भैरहेको छ । उनको साथ बाट प्रहरीले नलकटुवा एक थान नलकटुवा पेस्तोल सहित पाँच राउण्ड गोलि बरामद गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक राजन थापाको कमाण्डको टोलिले घटनाको मुचुल्का तयार गरेको जनाइएको छ । बारा प्रहरीले खोजेको जानकारी पाएका पटेल भाग्दै सो स्थानमा आएको समयमा रौतहट प्रहरीले एम्बुस थापेको अबस्थामा गोलि प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी लाई देख्ना साथ पटेलले फायर खोलेकोले उनलाई पक्राउ गर्न चार राउण्ड गोलि प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।