रौतहट २ फाल्गुन ।। भारत विहार राज्यका आचार्य श्री सुदर्शन जी महाराजले धर्म संस्कृतिको संरक्षण संवर्धन प्रति चिन्ता व्यक्त गरेका छन । उहाले पौराणिक कल देखिको सभ्यता ,संस्कृति ,पहिचान ,कला , परम्परा लोप हुदै गएको बताएका छन ।
रौतहटको राजदेवी नगरपालिका वड़ा नम्बर ९ ब्रह्मपुरीमा भैरहेको शिवशक्ति महायज्ञ एवं संगीतमय श्री राम कथा ज्ञान महायज्ञमा राम कथा प्रवचन गर्नको लागि रौतहट आउनु भएका आचार्य श्री सुदर्शन जी महाराजले शुक्रवार गौरमा पत्रकार सम्मलेन आयोजना गरी धर्म ,भक्ति ,र शिक्षा भन्दा ठूलो सम्पति केहि नभएको जिकिर गरे ।
पूर्वजहरुले गरेका काम क्रिया अहिलेको पुस्ताहरु बिर्सिदै गएको र अरुको सभ्यता अंगालिदै गएको बताउँदै यसबाट सामाजिक कुरीति जड़ो गाडेको उल्लेख गरे । भगवन गौतम बुद्धको इतिहासको स्मरण गर्दै धन लोभ मोह त्याग गरी सधै भरी स्मरण गरिने कार्य गर्नु पर्ने जोड़ दिए ।
धार्मिक ग्रन्थ बेद पुराणमा उलेखिएको कुराको सविस्तार विश्लेषण गर्दै आमाको कोख बाट जन्मिने बेला र मृत्यु हुने बेलाको पीड़ा हजारौ विच्छू को डंक बरावरको हुने बताए । उहाले भगवन संग गरेको बाचा पनि पृथ्वीमा आउने वित्तिकै मानवले ब्रिसिने गरेको टिपण्णी गरे । सत्य बचन बोल्नु पर्ने , धार्मिक कार्य गर्नु पर्ने , कृतिका महान कार्य गर्नु पर्ने सुझाव दिदै मर्ने बेला सँगै लाग्ने कार्य नै धर्म भएको बताए ।
पहिलाका व्यक्ति १ सय वर्ष भन्दा बढ़ी बाचिने गरेको र अहिलेका पुस्ता ७० वर्ष पनि बाच्न नसकेको कारन उल्लेख गर्दै ,सुदर्शन महाराजले सत्यको बाटो अंगालिनु पर्ने धरना राखे । रक्सी , माछा मासु ,पान ,सुपारी , लगायतका स्वास्थ्यमा नकारात्मक असर गर्ने खाद्य पदार्थको सेवनले आयु काम हुदै गएको उहाको कथन रहेका छन । चल सम्पति चलायमान भएकोले राम्रो सामाजिक ,सवैको हितकारी परोपकारी कार्य गरे कसैले मिटाउन नसकिने दावी गरे ।
मातृ भाषाको विकास गर्नु पर्ने जोड़ समेत दिए । सभ्यता ,संस्कृति ,रहन सहन पनि बदलिदै गएको प्रति दुःख व्यक्त गरे । झिझिया ,पूर्वी ,सोहर , जरजटिन ,जस्ता सस्कृतिहरु लोप हुदै गएकोले जीवित राख्नु पार्नु अपील गरे । शिक्षा । स्वास्थ्यमा बढ़ी लगानी गरेर छूटै पहिचान स्थापना गर्ने सफल भएका आचार्य सुदर्शनले नेपालमा जनचेतनाको आभाव देखिएको बताए ।
फरक प्रसंगमा सुदर्शन महाराजले नेपाल भारत विचको सम्वन्ध समाप्त पर्ने सड़यंत्र भईरहदा पनि जोड़दार रूपले सक्रीय नदेखिएकोले यस तरफ आवाज बुलंद गर्नु पर्ने आवश्यकता औल्याए । कार्यक्रममा नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंह , महायज्ञ समितिका संयोजक नविन कुमार सिंह सहित संचारकर्मीहरुको उपस्थति रहेको थियो ।