कोरियन चलचित्र अ हार्ड डे’ को प्रतिलिपि अधिकार शाहरुख खान

1293

मुम्बई, २५ माघ । झण्डै १४ महिनादेखि पर्दाबाट टाढा रहेका बलिउड नायक शाहरुख खानले कोरियन चलचित्र अ हार्ड डे’ को प्रतिलिपि अधिकार किनेका छन् ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरहरुका अनुसार शाहरुखले उक्त चलचित्र हेर्दासाथ प्रतिलिपि खरिद गरेका हुन् । फिल्म हेरेपछि उनलाई चलचित्र यति मन पर्‍यो कि उनले यसलाई नकिनी रहनै सकेनन् ।

यद्यपि, अहिलेसम्म उक्त चलचित्रमा आफैं मुख्य भूमिकामा देखिन्छन् कि अरु कसैलाई प्रस्तुत गर्छन् भन्नेबारे खुलासा भइसकेको छैन ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरहरुका अनुसार शाहरुखले उक्त चलचित्र निर्देशनको जिम्मेवारी सुजोय घोषलाई दिनसक्छन् । शाहरुख यो चलचित्रमा तत्काल काम सुरु गर्न चाहन्छन् । उनले आफ्नो टिमलाई यसबारे प्रि-प्रोडक्सन टिमलाई काम सुरु गर्न निर्देशन दिइरहेका छन् ।

शाहरुख आफैंभने २०१८ मा बनेको जिरोमा प्रमुख भूमिकामा देखिएका थिए । त्यसपछि उनी पर्दामा नआएपछि आफ्नो प्रोडक्सन हाउसको तर्फबाट ‘बदला’ जस्तो फिल्म र ‘बार्ड अफ ब्लड’ जस्ता सफल वेब सिरिजको निर्माण गरिसकेका छन् ।

‘अ हार्ड डे’ को कहानी एक जासुसको आसपास घुम्छ । उसको कार दुर्घटनामा एकजना मानिसको मृत्यू हुन्छ । नशामा भएका कारण ऊ डराउँछ । प्रहरीलाई खबर गर्नुको साटो ऊ लास लुकाउन तिर लाग्छ ।

जासुस आफ्नो आमाको अन्तिम संस्कारको समय दुर्घटनामा मरेका मानिसको शव लुकाउने प्रयास गर्छ । २०१४ मा आएको यो फिल्मको निर्देशन किम सेओंग हुनले गरेका हुन् ।