रौतहट २२ माघ // गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले नगरवासीको सहयोग सहकार्य विना समृद्ध र विकसित नगरपालिकाको परिकल्पना संभव नभएको बताएका छन । विकास सहितको समृद्ध नगरपालिका बनाउने सपना बोकेको बताउँदै सवैको सकारात्मक सहयोग नभए सपना अधुरो हुने जिकिर गरे ।
गौर नगरपालिका वड़ा नम्बर ७ सिसवा विर्तामा रहेको सरसवती मध्यमिक विद्यालयको नव निर्मित २ कोठे दुइ तल्ले भवन को उदघाटन पछि आयोजित समारोहको सम्वोधन गर्दै मेयर गुप्ताले यस्तो बताएका हुन । नगरपालिका भित्रको वड़ा नम्बर ७ सवै भन्दा पिछडिएको वड़ा भएकोले यसलाई अन्य वड़ा जस्तै विकासमा अघि बढाउने नगरपालिकाको मुख्य उदेश्य रहेको उल्लेख गरे ।
वड़ा नम्बर ६ र ७ मा रहेको विद्यालयको लागि जग्गा खरीद गर्ने उदेश्यले बजट विनियोजन गरिए तापनि सम्बंधित संधियारको जगाधनीले जग्गा विक्री नगर्दा विद्यालयको पुर्बाधार विकास गर्न समस्या भएको जिकिर गरे । उनले भने जग्गा खरीद गर्न राखिएको रकम बाध्य भएर अन्यत्र खर्च गर्नु परयो । स्थानीयको लगानीले विकास निर्माण गर्ने भएकोले विद्यालय मठ मंदिर लगायत सार्वजानिक चासोको विषयमा स्थानीयले गंभीर हुनु पर्ने धरना व्यक्त गरे ।
मेयर गुप्ताले शिक्षा र स्वास्थ्यको विकास विना मानिसको जीवन पशु सामान हुने बताउँदै नगरपालिका यी दुवै विषयलाई प्राथमिकता मा राखेको जनाए । कार्यक्रममा मेयर गुप्ताले आफुले शिलान्यास गरेको भवनको एक वर्ष भित्रमा निर्माण संपन्न गराएर उदघाटन गर्न मौका पाएकोमा गौरवान्वित भएको टिपण्णी गरे ।
उहाले यस विद्यालयको विकासको लागि थप दुइ कोठे भवन निर्माण गराउने घोषणा समेत गरे । मेयर गुप्ताले स्वास्थ्य केंद्रको लागि चाडै भवनको शिलान्यास गरिने तयारी भैरहेको समेत जानकारी गराएका छन । गएको २०७५ साल माघ २७ गते शिलान्यास गरिएको उक्त भवन को २०७६ माघ २२ गते उदघाटन गरिएको छ ।
६० लाखको लागतमा भवन निर्माण भएको छ । मजहर खा को सभापतित्वमा भएको कार्यक्रम मा वड़ा अध्यक्ष शेख जमशैदले गौर नगरपालिका विकास गर्न सोच बनाएपनि सहयोग सहकार्यको खाँचो भएको गुनासो गरे ।
कार्यक्रममा सेवा निवृत भएका शिक्षक गोपाल राउतलाइ सम्मान सहित विदाई गरिएको थियो भने विभिन्न क्षेत्रमा सहयोग योगदान पुर्याएका व्यक्तिहरुलाई दोशाला ओढाएर सम्मानित गरिएको थियो । पूर्व नगर उपप्रमुख मोहमद इसराइल अंसारी , हरिशंकर पांडेय , लगायत शिक्षक शिक्षिका ,अभिभावक विद्यार्थीलगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा बिधालयमा बिधार्थीहरुलाइ कम्प्युटर कक्षाको गौर नगरपालिका पा का नगर प्रमुख आदरणीय दाजु अजय गुप्ताले वार्ड ७ को सिस्वा स्कुल लाई आधुनिक किसिमको लागी नया प्रोजेक्टर ,१ ल्यापटप ,१५ थान कम्प्युटर बितरण गर्नु भएको छ । बालबालिकाहरुलाइ आधुनिक कक्षाको लागि ब्यवस्थापन गरेको छ ।