मोनास्टिक स्कुल प्याब्सन कप च्याम्पियन २०८१ को फाइनलमा प्रवेश

107

रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरस्थित राइस मिल ग्राउन्डमा आयोजित प्याब्सन कप च्याम्पियन २०८१ क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनलमा मोनास्टिक इंटरनेशनल एकेडमी गौरले लुम्बिनी बोर्डिंग स्कुललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

मोनास्टिक स्कुलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लियो र निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी बोर्डिंग स्कुलले १४८ रनको लक्ष्य पछ्याउँदा ११ ओभरमै सबै विकेट गुमाएर जम्मा ४४ रनमा समेटियो।

मोनास्टिक स्कुलका कक्षा ४ का विद्यार्थी फहद मलिकले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी म्याचको उपाधि हासिल गरे।

प्रतियोगिताको उद्घाटन गौर नगरपालिकाका मेयर शम्भु साह र प्याब्सन संघ गौर नगरसमितिका अध्यक्ष जमिल अख्तरले संयुक्त रुपमा गरेका थिए। गौर नगरका करिब एक दर्जन निजी विद्यालयहरूको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १४ गते सम्पन्न हुनेछ।