रौतहट ।। मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले केही सञ्चार माध्यममा आफ्ना नाम जोडेर आएको भ्रामक समाचार प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
स्वास्थ्य उपकारण खरिदमा करोडौंको सेटिङ भनी शिर्षक राखेर लेखिएको समाचारमा कुनै सत्यता नरहेको र उक्त समचार कपोकल्पित, भ्रामक, झुठा र गलत रहेको स्वास्थ्य मन्त्री सिंहले बताएका छन् ।
आफू स्वास्थ्य मन्त्री भएपछि प्रदेशका अस्पतालहरुमा व्यापक सुधार गरि आम नागरिकलाई सहज र सरल ढंगले सेवा दिने वातावरण बनाएको कुराबाट आतिएका केही ब्यक्तिले आफुलाइ बदनाम गर्न मिडियामा गलत समाचार सम्प्रेषण गराएकाले सो भ्रामक समाचारको पछि न लाग्न उनले सबैलाइ आग्रह गरे ।
आफू केही न गर्ने र अरुलाइ पनि राम्रो गर्न नदिने सोच राख्ने समाजका केही गलत मान्सिक्ता बोकेका ब्यक्तिले आफुलाइ बदनाम गर्न जति प्रयास गरेपनी आफुलाइ कुनै फरक नपर्ने उनले बताए ।
मन्त्री सिंहले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रदेशको आठै जिल्लाका प्रादेशिक अस्पतालहरुको स्तरन्नोती गरेर प्रादेशिक अस्पतालहरुलाई एक सय सैयाको अस्पताल बनाउने अभियान चलाएका छ्न।
जस अन्तर्गत विभिन्न उपकरण, दक्षजनशक्ति, औषधी लगायतका कार्यहरुमा आमूल परिवर्तन गर्न उनी लागि परेका छन् ।
स्वास्थ्य मन्त्री सिंहको अथक प्रयासले सरकारि अस्पतालहरुको अवस्था राम्रो भएपछि सरकारि अस्पतालमा राम्रो उपचार न पाएर निजि अस्पतालमा महँगो उपचार गराइ लुटिदै आएका गरिव निमुखा जन्ता अहिले सरकारि अस्पताल बाट नै थोरै खर्चमा राम्रो उपचार पाइरहेको देखिएको छ ।
मन्त्री सिंहले गरिव निमुखा जनताहरुलाई निजी अस्पतालहरुबाट लुटिदै गरेको कार्यमा रोक लगाउदा केही विचौलियाहरु अनावश्यक रुपमा उनको पछि लागि परेको छ।
अहिलेका सरकारमा अत्यन्तै क्रियाशिल रहेका मन्त्री सिंहले यस्ता विचौलियाहरुको प्रचारबाजीबाट कुनै फरक नपर्ने तथा आफूले पाएको जिम्मेवारी पूर्ण इमानदारीका साथ पुरा गर्ने तथा सातै प्रदेशमा मधेश प्रदेशलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रादेशिक अस्पताललाई व्यवस्थित बनाउन चाहिने उपकरणहरु खरिद प्रक्रिया पूर्ण रुपमा पार्दर्शी गर्नका निमित्त इ विडिंग प्रक्रियाको थालनी गराएकोमा त्यस्ता विचौलियाहरुले मापदण्डहरु पुरा गर्न नसक्ने भएपछि अनाधिकृत रुपमा विना जानकारीको स्टण्टबाजी गर्न थालेका छन ।
आफुले स्वास्थ्य क्षेत्रको सुधारका लागि चालेको कदमले हतोसाहित भएका दलालहरुले आफू विरुद्ध जति अनर्गल प्रचारबाजि गरे पनि आफुलाइ कुनै फरक न पर्ने मन्त्री सिंहले धारणा राखेका हुन ।