फतुवा बिजयपुर नगरपालिकाले तेस्रो नगर सभा सम्पन्न

2467

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकाले तेस्रो नगर सभा सम्पन्न गरेको छ । फतुवा बिजयपुर नगरपालिकाको सभाहलमा आयोजित सभामा नगरपालिकाको गत असारमा सम्पन्न भएको दोस्रो नगरसभाबाट पारित नीति तथा कार्यक्रमहरुको संसोधनका साथै स्थानीय तह सञ्चालनका लागि निमावली निर्माण गरेको छ। नगरपालिकाका नगर प्रमुख गोपल प्रसाद यादवको सभापतित्वमा आयोजित कार्यक्रममा नगरसभाका सल्लाहकार,नगरपालिकाका सबै वडा अध्यक्षहरु, नगर कार्यसमिति सदस्य नगरवासी अतिथि सुरेन्द्र राय यादव, कमल किशोर यादव, बुनिलाल प्रसाद यादव, बिध्यान्द राय यादव, राजपा मेयर परत्याशी अमृत चौधरी लगायतले नगरसभाको सफल्ताको शुभकामना दिदै नगर विकासमा ध्यान केन्द्रित गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख आफ्नो विकासका एजेण्डा सहितका प्रतिवेदन प्रस्तुत गरेका थिए । सो नगरपालिकाले आफ्नो भवन निर्माणको लागि १ करोड ७५ लाख रूपैयाँ छुटयाएको छ । 
नगरपालिकाले आ.व.२०७६/०७७ को कुल व्यय करिव ५० करोड ४१ लाख ७० हजार ३ सय २३ रुपैया बराबरको बजेट सफल होला कि न होला भने नगरबासीले आसंका व्यक्त गरेका छन् ।