रौतहटमा आँखा पाक्ने रोगको संक्रमण बढ्दो

347

रौतहट ।। रौतहटमा आँखा पाक्ने रोगको संक्रमण बढेको छ। केही दिनयता रौतहटको ग्रामीणदेखि बजार क्षेत्रमा आँखा पाक्ने रोग फैलिरहेको छ।

आँखा रोगसम्बन्धी उपचारमा सक्रिय रहेका चिकित्सकले आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस)को संक्रमण बढेको जनाएका छन्।
पुरेनवा अस्पतालमा आँखा उपचार केन्द्रका प्रमुख रहेका (दृष्टि विशेषज्ञ)ले अहिले हावाद्वारा ए–अर्कामा सर्ने गरी आँखा पाक्ने रोगको संक्रमण बढेको बताएका छन्।

एडिनो भाइरस कन्जन्टिभाइटिसबाट संक्रमित भएकाहरूको आँखा रातो हुने, दुख्ने, चिलाउने, आँखाबाट पानी बग्नेजस्ता समस्या देखिएको डा. प्रमुखले बताएका छन्। मौसमी फ्लु भएकाले पनि एक सातामा निको हुने भएकाले तत्काल आँखा उपचार केन्द्रमा रोगीहरू पुग्नुपर्ने चिकित्सकहरूको सुझाव छ।