राैतहट ।। रौतहटको इशनाथ नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ।
रौतहट प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार बुधबार बिहान नगरपालिका कार्यालय प्रांगण खेल्न गएका बच्चाहरूले शंकास्पद बस्तु देखेका थिए। उनीहरूले स्थानीयले भनेपछि प्रहरीलाई खबर गरिएको छ।
‘प्रहरी नगर कार्यालयमा पुगिसकेको छ, सेनाको बम डिस्पोजल टोली पनि जाँदै छ,’ डिएसपी कार्कीले भने।
केही दिनअघि जनकपुरको एक घरमा राखिएको बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको थियो।