प्रहरी जवान १५ हजार रुपैयाँ घुस लिदै गरेको रङ्गेहात पक्राउ

2194

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक जना प्रहरी जवानलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिदै गरेको पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

जवानले घरेलु मदिरा बिक्री वितरणमा समस्या नहुन र सहज वातावरण हुने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटेको टोलीले उनलाई बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रहरी जवान यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ ।