रौतहट, ७ मंसिर ।
संघियता स्थापित भए पछि विभाजित स्थानिय तह पाएका रौतहटबासीहरु भन्ने अहिले दुखित भएको देखिन्छन् ।
कुनै निकाया को कार्यालयमा तत्कालका लागि कार्यालय प्रमुख नहुदा कार्यालय संचालनका लागि निमित प्रमुख तोक्नु स्वाभाविक भएको मानिएका रौतहटेलीहरु बर्तमानको ९ मा प्रमुख / ९ मा निमित प्रमुख देखिए पछि चिन्तीत बनेका छन् ।
जिल्लामा रहेको १६ नगरपालिका तथा २ गाउपालिकाका प्रमुखहरु पाउने रौतहटले अहिले ९ मा प्रमुख प्रशासकिय अधिकृत तथा ९ मा निमित प्रमुख प्रशासकिय अधिकृतहरुमा काम चलाएको देखिएका छन् ।
जिल्लाको १६ नगरपालिकामा अनिवार्यरुपमा उपसचिब हुने प्रावधान रहेका बेला सरकारले हाल जम्मा ३ स्थानिय तहमा उपसचिब पठाएका छन् । उपसचिब नभएका नगरपालिकाहरुमा भन्ने कहि शाखा अधिकृत त कहि नायब सुब्बा त कहि प्राविधिकका कर्मचारीहरुले स्थानिय निकाय चलाएको देखिएको छ ।
अर्का तिर २ वटा गाउपालिका सरकारले शाखा अधिकृतलाई तोके पनि एकमा शाखा अधिकृत हाजिर भई विवादमा रहेका छन् भने अर्कोमा नायब सुब्बा निमित भई कार्यालय संचालन गरिहेका छन् ।
१६ नगरपालिका तथा २ गाउपालिका गरि १८ वटा स्थानिय निकाय रहेको रौतहटमा अहिले फिप्टी ५०/ ५० भएको अवस्था देखिएको छ ।
सुचिगत रुपमा हेर्ने हो भन्ने १८ स्थानिय निकाय (तह) मध्ये ९ मा प्रमुख प्रशासकिय अधिकृत तथा ९ मा निमित प्रमुख प्रशासकिय अधिकृतहरु कार्यरत रहेका छन् ।
कुन कुन स्थानिय निकायमा को को छन् त प्रमुखहरु ?
१. गौर नगरपालिका उपसचिव सुमन कुमार कार्की ।
२. गरुडा नगरपालिका उपसचिव टेकराज पन्थी ।
३. चन्द्रपुर नगरपालिका उपसचिब पुरुषोतम घिमिरे ।
४. परोहा नगरपालिका शाखा अधिकृत ओम प्रकाश यादव ।
५. गुजरा नगरपालिका शाखा अधिकृत प्रेम बहादुर केसी ।
६. माधव नारायण नगरपालिका शाखा अधिकृत प्रलब कायस्त ।
७. कटहरिया नगरपालिका शाखा अधिकृत मनोज कुमार रजक ।
८. मौलापुर नगरपालिका शाखा अधिकृत सिकेन्द्र शाह ।
९. दुर्गाभगवती गाउपालिका शाखा अधिकृत शिव नारायण साह ।
कुन कुन स्थानिय निकायमा को को छन् त निमित प्रमुखहरु ?
१. ईशनाथ नगरपालिका शाखा अधिकृत नन्द किशोर गुप्ता ।
२. गढीमाई नगरपालिका शाखा अधिकृत सुबास ठाकुर ।
३. बौधिमाई नगरपालिका शाखा अधिकृत विरेन्द्र प्रसाद चन्द्रबंशी ।
४. राजदेवी नगरपालिका इन्जिनियर संजय कुमार पाण्डेय ।
५. बृन्दावन नगरपालिका ईन्जिनियर नागेन्द्र प्रसाद यादव ।
६. राजपुर नगरपालिका नायव सुब्बा बैजु ठाकुर ।
७. फतुवा विजयपुर नगरपालिका नायव सुब्वा उपेन्द्र शाह ।
८. यमुनामाई गाउपालिका नायव सुब्बा मोहमद समशाद आलम र
९. देवाही गोनाही नगरपालिकामा मौलापुरमा कार्यरत सिकेन्द्र साहले नै कामकाज हेर्ने गरेको छनु ।
सख्यात्मक अवस्थालाई हेर्ने हो भन्ने ९ मा प्रमुख / ९ मा निमित प्रमुख देखिए पनि सरकारी मापदण्ड अनुसार भन्ने रौतहटले हाल सम्म १८ स्थानिय निकायहरु मध्ये जम्मा ४ कार्यालय प्रमुख पाएको पाईन्छ ।
जिल्लाको सदरमुकाम समेत रहेको गौर नगरपालिका उपसचिव सुमन कुमार कार्की , जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिका उपसचिव टेकराज पन्थी र जिल्लाको उतरी भेगमा रहेको चन्द्रपुर नगरपालिकामा उपसचिब पुरुषोतम घिमिरे प्रमुख प्रशासकिय अधिकृत भई कार्य गरिरहेका छन् ।
भने करिब २ साता अगाडी मात्र प्रमुख प्रशासकिय अधिकृतको भुमिकामा दुर्गाभगवती गाउपालिकामा आएका शाखा अधिकृत शिव नारायण साह भन्ने अहिले अलपत्र अवस्था रहेको छन् ।
विगतका दिनहरुमा मन्त्रीलाई भन्नसुन गरि भएका निमित प्रमुखहरुको कार्य शैलीबाट भन्ने रौतहटका जनताहरु खुशी देखिएका छैन्न । रौतहटबासीहरुका अनुसार आफुहरुले तहगत तथा चाहिएको तहको कर्मचारी र प्रमुखहरुको आशा अपेक्षा रहेको बेला नगर प्रमुखहरुले आफना नजिक तथा आफुलाई पाए पर्नेहरुलाई ल्याएर स्थानिय तहहरुमा राखे पछि विकासका कामहरु प्रभावित बन्दैं गएको र यसबाट जिल्लाले अगामी दिनहरुमा ठूल्लै क्षति व्यहोर्नु पर्ने बताउछन् ।
सभार : रेडखबर