राजपुर र इशनाथ नगरपालिकामा आज पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न

125

रौतहट ।। रौतहटको राजपुर र इशनाथ नगरपालिकामा आज पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
गत बैशाख ३० गते स्थानिय तह निर्वाचन सम्पन्न भए पश्चायत अन्तिम मत परिणाम सार्वजनिक भई निर्वाचन भएको सात दिन भित्र अध्यक्ष वा प्रमुखले जिल्ला न्यायधिश बाट शपथ लिनु पर्ने र अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिन भित्र उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगर सभाका सदस्यहरुले शपथ लिनु पर्ने कानूनी व्यवस्था अनुसार आज राजपुर र इशनाथ नगरपालिकामा पनि मेयर पदमा निर्वाचित डा.राजिक आलम र श्रीमती कौशल्या देवीले उपमेयर वडा अध्यक्ष र वडाका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ ।