रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
रौतहटको फरदवामा १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धामा आलमलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतले फैसला गरेको हो ।
झण्डै ९ दिनको थुनछेक बहसपछि जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले घटनामा आलमको मिसिलसँग संलग्न प्रमाणबाट प्रारम्भिक रुपमा आलमको संलग्नता देखिएको भनिएको छ ।
न्यायाधीश ढकालको एकल इजलासले मुलुकी फौज्दारी कार्यविधि संहिता, २०७४ को ६७(१)ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ ।