आलम प्रकरणको सत्य तथ्य समाचार लेख्न जिप्रका को बिज्ञप्ती, भ्रामक फैलाएमा कानुनी उपचार गर्ने

2014

अमित ठाकुर।रौतहट।कार्तिक २४। क्षेत्र नंबर २ का निलम्बित सांसद अफताब आलमले पहिलो संविधानसभाको निर्वाचन बुथ क्याप्चर गर्ने उद्देश्यले मिति २०६४र११र२७ गते आफ्नै काकाको घरमा बम बनाउन लाग्दा बम विस्फोट भई बम बनाइरहेका दर्जनौं ब्यक्तिको मृत्यु तथा घाइते भएको थियो। सो बिस्फोटमा घाइते तथा मृत्यु भएका ब्यक्तिलाई तत्कालीन प्रहरी प्रमुखको सहायतामा पक्राउ परेका निलम्बित सांसद आलम र उनका आफन्तहरु मिली प्रमाण लुकाउन सबैलाई ईँटा भठ्ठामा जलाएको आरोप लागेका छन्।घटनाको लगभग १२ बर्ष मा १५ प्रहरी प्रमुख रौतहट आए तर पिडितको पिडा सुनेनन्।

हालै रौतहटमा आएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री सहितको टोली र काठमाडौंबाट खटिएका सिभिल प्रहरीको संयुक्त टोलीले गत २६ गते आलमलाई पक्राउ गरेको थियो।पक्राउ परेको आलम माथि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धानका लागि सम्मानित जिल्ला अदालत गौरमा ३ पटक म्याद थप गरायो। प्रहरीको अनुसन्धान सके बितिकै सरकारी वकिल मार्फत सम्मानित जिल्ला अदालतमा आलम सहित ११ जना माथि गत १८ गते तीन वटा मुद्दा दर्ता गरायो। मुद्दा दर्ता पछि पक्राउ परेका आलम संग सम्मानित जिल्ला अदालतका न्यायाधीश ५२ प्रशन सोधे।ब्यान हुँदाहुँदै आलम प्रकरणमा न्या मोड लियो। तर आलम दोषी निर्दोष छुट्याउने अदालतको काम रहदा पनि रौतहटका केही पत्रकारले आलम निर्दोष हो साबित गर्न कसरत सुरु गरेका छन्। आलमको बारेमा केही पत्रकारले सत्य तथ्य नबुझी भ्रामक समाचार सम्प्रेषण गरी झुठो हल्ला फैलाएको प्रती जिल्ला प्रहरी कार्यालय रौतहटलाई ध्यानाकर्षण भएको हो। त्यस्ता पत्रकार समयमा सतर्क नभए कानुनी उपचार पनि गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले आज बिज्ञप्ती जारी गरेका छन्।