दिलीप पाण्डे रौतहट । रौतहटको सदरमुकाम गौर १ स्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापरबाहीका कारण एकजना युवकको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेका छन् । डाक्टरले लापरवाहीपूर्वक गौर नगरपालिका ३ का धर्मेन्द्र अधिकारीका छोरा १८ बर्षीय लालु अधिकारीको आन्द्राको शल्यक्रिया (अपरेसन) गर्दा मृत्यु भएको भन्दै मृतकका काका देवी भन्ने देवेन्द्र अधिकारी अधिकारीले घटनाको छानबिन गर्न माग गरेका हुन् । मृतकका काका अधिकारीका अनुसार मृतक लालु अधिकारीलाई पेट दुखेर उपचारको लागि सुरुमा प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो । त्यहाँ अल्ट्रासान्डलगायत बिभिन्न जाँच गराएर हेरेपछि प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डाक्टर घनश्याम ठाकुरले लालुको आन्द्रा फुटेको बताउँदै सरकारी अस्पतालमा राम्रो सेवा सुविधा नभएकाले अर्का डाक्टर पंकज साहसंग सम्पर्क गर्न सुझाव सहीत दवाब दिएको देवीले बताएका छन् ।
डाक्टर ठाकुरको सल्लाह अनुसार डाक्टर पंकजले बिरामीलाई प्रादेशिक अस्पतालबाट आन्द्राको अपरेसनका लागि गौर सेन्टर हस्पिटलमा पुर्याएका थिए । सेन्टरका सर्जन डाक्टर फिरोज अन्जुम, डाक्टर पंकज साहसहितले बिरामी लालूको पेटको अपरेसन गरेर मलाई अपरेसन थिएटर मै बोलाएर बाबुको यही आन्द्रा फुटेको थियो भनेर देखाउँदै अब केही बेरमा हामीले यसको स्टिच गर्छौँ अनी ठीक हुन्छ भनेको मृतकका काका देवीले भने । देवीका अनुसार अपरेसन गरेको केहीबेर पश्चात अस्पतालबाट फोन आयो तपाईँ तुरुन्त आउनुस बिरामीको हालत क्रिटिकल भएको छ । लगत्तै त्यहाँ पुग्दा बिरामी पुरै अचेत श्वास पनी नचलेको जस्तो देखियो लगत्तै मैले फोन गरेर डाक्टर ठाकुरलाई बोलाएर देखाए अनी गुनासो पनि गरेँ की तपाईँहरुले यो अस्पतालमा पठाउनु भयो बच्चाको यस्तो अवस्था भयो ।
डाक्टर ठाकुरले पनि अक्सिजनसहित एम्बुलेन्समा राखेर अबिलम्ब नेशनल मेडिकल कलेज बिरगंज लग्न सुझाव दिएका थिए। उनको सुझाव अनुसार शनिबार राती करीब १० बजे गौर अस्पतालबाट बिरामी लिएर नेशनल मेडिकलमा राती ११ बजे पुगेर बिरामीलाई अस्पतालको बेडमा राखिएको थियो । त्यहाँ उपचार गर्न आएका डाक्टरले बिरामीको मृत्यु भएको बताएपछि हारगुहार गर्दा ती डाक्टरले बिरामीको ३ घन्टा अघिनै मृत्यु भइसकेको बताइएको देवीले जानकारी दिए । अर्थात बिरामीको अपरेसनकै क्रममा मृत्यु भएको र डाक्टरले आफूहरुलाई झुक्याउन बिरगंज पठाएको देवीले दाबी गरेका छन् । उता बिरामी लाई बिरगंज तर्फ लिएर जानु र उपचारमा संलग्न डाक्टर फिरोज, पंकजसहितको टीम सहित फरार भएको उनले जानकारी दिएका छन् ।
देवी अधिकारीले डाक्टर पंकज साह, फिरोज अन्जुम र घन्श्याम ठाकुर अन्य केही चिकित्सकहरूको कमिशनको चलखेलका कारण बिरामीलाई जबर्जस्ती निजी अस्पतालमा पठाएको दाबी गरेका छन् । सरकारी अस्पतालमा उपचार सम्भव हुँदाहुँदै पनि बिरामीलाई निजी अस्पतालमा पठाउनु दुःखद मात्र होइन आपराधिक कार्य हो उनको भनाई रहेको छ । यस्तो लापरबाहीको कडा छानबिन हुनुपर्छ । उनीहरूले दोषी चिकित्सक र अस्पताल प्रशासनमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनको चेतावनी समेत दिएका छन् । मेडिकल अधिकृत डाक्टर घनश्याम ठाकुरले घटनामा आफू दोषि नरहेको बताएका छन् । शनिबार डाक्टर पंकज साह संगै अस्पतालमा ड्युटीमा थिएँ । सोही क्रममा लालू अधिकारीको आन्द्राको अपरेसन यहाँ सम्भव नभएको मैले बताएपछि डाक्टर पंकज साहले गौर सेन्टर हस्पिटल पठाउन भने र उनी म भन्दा सिनियर कन्सल्टेन्ट सर्जन भएकाले उनको कुरा मानेर पठाएको प्रतिक्रिया दिएका छन् ।
डाक्टर फिरोज अन्जुमले उक्त अपरेसनको समय आफू बाहिर रहेकाले कुनै जानकारी नभएको तर विगत देखिनै डाक्टर पंकजले मेरो गौर सेन्ट्रल हस्पिटल प्रालिको अपरेसन थिएटर पटक पटक गर्दै आएकाले यस पटक पनि गरेको बताएका छन् । डाक्टर पंकज साहको मोबाईल नम्बर ९८०४५९४३०१ ÷९७४६५६०६०४ मा पटक पटक क गर्दा उनले ऋषिव गरेनन् । प्रादेशिक अस्पतालका मेडिकल सुरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले आन्द्राको अपरेसनको लागी प्रादेशिक अस्पतालबाट बिरामी बाहिर कसरी गयो अनुसन्धानको विषय भएको बताएका छन् । बिरामीको लक्षण अनुसार आन्द्रामा प्वाल परेर संक्रमण हुने, मेडिकल भाषामा पेरी टोनाईसिस रोग भनिन्छ ।
यसको अपरेसन जटिल प्रकृतिको हुन्छ बिरामीलाई पूर्णतया बेहोस गर्नु पर्छ डाक्टर ठाकुरले भने जसको लागि एमडी एनेस्थेटिक हुन जरुरी छ । प्रादेशिक अस्पतालमा एमडी एनेस्थेटिक डाक्टर नभएको कारण यस प्रकृतिका बिरामीलाई हामीले बिशेषज्ञ डाक्टर संग सल्लाह गरेर नारायणी अस्पताल बिरगंजमा रेफर गर्दै आएका छौं । तर लालुको अपरेसनको लागी गौर स्थित निजी अस्पतालमा पठाउनु गलत भएको डाक्टर ठाकुरले बताएका छन् । बिगतमा प्रादेशिक अस्पताल गौरमा १ जना मात्र सर्जन डाक्टर हुँदा समस्या भएको कारण अस्पताल व्यवस्थापन समितिको पहलमा थप दुईजना सर्जन डाक्टरको ब्यवस्था गरिएको छ तर पनी यस्तो अवस्था आउनु दुःखद भएको उनको भनाई रहेको छ । प्रादेशिक अस्पतालमा कार्यरत केही नैतिकता नभएका डाक्टरले आफ्नो स्वार्थपूर्तिका लागि बिरामीलाई नीजि अस्पतालमा पठाउने गरेको बारे लिखित उजुरी आएकाले यसको सम्बन्धमा स्वास्थ मन्त्रालयमा कुरा राख्ने मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले प्रतिवद्धता जनाएका छन् । अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले घटना सम्बन्धमा डाक्टर ठाकुर, साह र अन्जुमसंग लिखित स्पष्टीकरण सोध्न लागिएको तथा कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने बताएका छन् ।
Home मुख्य समाचार रौतहटको गौरमा डाक्टरको लापरवाहीका कारण युवकको मृत्यु, पीडित परिवारद्वारा निष्पक्ष छानबिन र...