निजामती सेवा ऐन पारित गराउन मेहनती मन्त्री गुप्ता सक्रिय

175

रौतहट – विगत १० वर्षदेखि रोकिएको निजामती सेवा ऐनलाई पारित गराउने दिशामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता सक्रिय रूपमा लागिरहनु भएको छ। निजामती कर्मचारीहरूको हकहित सुनिश्चित गर्न मन्त्री गुप्ता दिनरात खटिएर ऐन छिटोभन्दा छिटो संसदबाट पारित गराउने प्रयासमा जुट्नु भएको स्रोतले जनाएको छ।

निजामती सेवामा देखिएका कानुनी अस्पष्टता र चुनौतीहरू समाधान गर्न ऐनको आवश्यकता रहेको भन्दै मन्त्री गुप्ताले कर्मचारीहरूको मागलाई सम्बोधन गर्ने आश्वासन दिनु भएको छ। साथै, उहाँले देशको समग्र विकासका लागि प्रभावकारी प्रशासनिक संरचना निर्माणमा निरन्तरता दिइरहनु भएको छ।

स्रोतका अनुसार, मन्त्री गुप्ता निजामती सेवामा पारदर्शिता, जवाफदेहिता र कार्यक्षमता वृद्धि गर्ने लक्ष्यका साथ ऐनलाई प्राथमिकतामा राखेर अघि बढिरहनु भएको छ। संसदमा विधेयक छिट्टै प्रस्तुत हुने अपेक्षा गरिएको छ।