आसमान नेपालद्धारा स्वच्छता किट्स वितरण कार्यक्रम सम्पन्न

87

रौतहट । आसमान नेपाल गौर शाखाको आयोजनामा तथा ब्रीटिस काउन्सिल भिएसओ र युकेएडको साझेदारीमा सञ्चालित जेम्स परियोजनाको आर्थिक सहयोगमा गौर तथा गढीमाई नगरपालिकाका विभिन्न टोलहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचवी) तथा आमा समूह सदस्यहरूका लागि स्वच्छता किट्स वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा मातृ तथा शिशु स्वास्थ्य, पोषण, खोप कार्यक्रम, परिवार नियोजन र आधारभूत स्वास्थ्य सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनीहरूको व्यक्तिगत स्वच्छता तथा कार्यक्षमता वृद्धि गर्ने उद्देश्यले एक सय जना स्वयंसेविका तथा आमा समूह सदस्यहरूलाई स्वच्छता किट वितरण गरिएको हो ।
स्वच्छता किटमा समावेश सामग्रीहरू कपास तौलिया–१,नुहानेका साबुन २,लुग्गा धुने साबुन २,टूथ ब्रश २,टूथपेस्ट–१,सेनेटरी पैड १,पुनःप्रयोज्य सेनेटरी पैड २,अंडरवियर ४,नेल कटर १,तरल क्लोरीन १ महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई व्यक्तिगत स्वच्छता कायम राख्न तथा समुदायमा अझ प्रभावकारी सेवा प्रदान गर्न सहज हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै जेम्स परियोजनाका रौतहट परियोजना संयोजक संजय कुमार यादवले स्वास्थ्य स्वयंसेविकाहरूले नेपालको ग्रामीण स्वास्थ्य सेवामा पुर्याएको योगदानको प्रशंसा गरे । महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायका स्वास्थ्य सूचकहरू सुधार्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । गर्भवती तथा सुत्केरी महिलाको हेरचाह, खोप कार्यक्रम, पोषण सुधार, तथा अन्य स्वास्थ्य सेवा प्रवाहमा उनीहरूको मेहनत अतुलनीय छ ।
त्यस्तै, गौर तथा गढीमाई नगरपालिकाका वडा अध्यक्षहरू, समाजसेवीहरू, तथा स्वास्थ्य संस्था प्रमुखहरूले पनि कार्यक्रमको प्रशंसा गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकालाई अझ सशक्त बनाउन यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए ।
गौर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिवशंकर यादबले भने महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायका असली नायक हुन् । उनीहरूको निरन्तर सेवा र परिश्रमकै कारण मातृ तथा शिशु मृत्यु दरमा कमी आएको छ । शीतकालीन सहायता कार्यक्रम अन्तर्गत गौर तथा गढीमाई नगरपालिकाका गरिब, दलित, विपन्न तथा अपांग महिलाहरूलाई न्यानो झोला, कम्बल, र फोम वितरण गरिएको थियो । एक सय जना गरिब तथा सुत्केरी महिलाहरूलाई न्यानो सामग्री वितरण गरेका छन । चिसो मौसममा कमजोर अवस्थाका महिलाहरूलाई सहयोग गर्ने हाम्रो अभियान जारी रहनेछ । कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
सो कार्यक्रममा गढिमाई नगरपालिका वडा न. ८ का वडा अध्यक्ष बजरगी यादब, मंजु रजक स्वास्थ्य सहजकर्ता आसमान नेपाल गौर शाखा, सुरज सहनी स्वास्थ्य सहजकर्ता आसमान नेपाल गौर शाखा, आशिष कुमार मिश्र फाइनान्स अफिसर आसमान नेपाल, अजित कुमार यादव आयोजक आसमान नेपाल गौर शाखा, आरती पटेल भिएसओ रौतहट परियोजना सदस्यलगायतका उपस्थिती थिए ।
कार्यक्रमको अन्त्यमा परियोजना संयोजक संजय कुमार यादवले आसमान नेपाल तथा जेम्स परियोजनाको तर्फबाट सबै सहयोगी निकाय, स्वयंसेवक, तथा लाभग्राहीलाई धन्यवाद व्यक्त गरे । हाम्रो लक्ष्य समुदायका महिलाहरूको स्वास्थ्य तथा स्वच्छता सुधार गर्नु हो । आगामी दिनमा पनि हाम्रो टिमका सहयोगी कार्यक्रमहरू सञ्चालन गर्नेछौँ । महिला स्वास्थ्य स्वयंसेविकाहरूको लागि हामी सधैं प्रतिबद्ध रहने बताएका छन ।