गढीमाइ नगरपालिकाको ११ औं नगर सभा सम्पन्न

52

रौतहट । रौतहटको गढीमाइ नगरपालिकाको ११ औं नगर सभा सम्पन्न भएको छ । गढिमाई नगरपालिकाको नगरप्रमुख श्यामप्रसाद यादवले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि ५९ करोडको बजेट ल्याएको घोषणा गरेका छन् ।
गढिमाइ नगरपालिकाको सभाकक्षमा सोमवार सम्पन्न भएको ११ औं नगरसभाको खुलासत्रमा अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सहित बजेट सन्दर्भमा मेयर यादवले घोषणा गरेका हुन् ।

मेयर यादवले आर्थिक वर्ष २०८१–०८२ का लागि कुल ५९ करोड ५० लाख १ हजार रुपैया बजेट घोषणा गरे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अनुमानित आय व्यय सहितको सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख यादवले बताए ।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवं पुर्व भौतिक पुर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्य सम्पन्न नगरसभामा उपमेयर, प्रमुख प्रशासकिय अधिकृत श्रीदेव यादव, प्रशासन शाखा प्रमुख नागेन्द्र यादव, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीय बासिन्दाहरु, पत्रकार लगायतको सहभागितामा नगरसभा सम्पन्न भएका छन् ।