न्यायका लागि ससुराली घर गेटमै धर्ना बसेका छन् एक युवती

95

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं ४ छतौना गाउँमा एक युवती महिनादेखि ससुराली घरको गेटबाहिर धर्ना दिन बाध्य भएकी छिन । सिरहा जिल्ला निवासी ज्योति कुमारी (पुर्वी) ले आरोप लगाएकी छिन् कि तीन वर्षअघि छतवनाका राजु महतोले जबर्जस्ती प्रेम प्रलोभनमा परी संबनध बनाई संगै बसदै आइरहेको थियो । नेपालको राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरमा प्रेम विवाह गरी संगै बसदै आइरहेको थियो । मैले चलाई रहेको मोबाइलमा रहेको प्रेम विवाह, संगै बसेको, समय विताएको फोटी मोबाइल बाट डिलिट गरिदिएको र आफु गर्भवती भएको कुरा बताउदा महतो हतोत्साहित भएको थियो । अहिले मेरो पढाईमा २ बाकी रहेको छ घर बाट पढाई भरको पैसा मात्र घर मुलीले पठाउन अहिले बच्चा भयो भने गर्हो हुन्छ, गाउँ समाज हामी बहिष्कार गर्छ भनी ललाई फकाई भ्रुण हत्या गर्न महतोले बाध्य बनायो । त्यसपछि उनीहरू श्रीमान–श्रीमती जस्तो एकसाथ बस्न थालेका थिए । २ साल बितिसक्दा समाजमा गएर विवाहको कुरा उठाउँदा राजुले मोटरसाइकल र नगद दाइजो माग्दै विवाह गर्न अस्वीकार गरेका छन ।

त्यस पछी कुमारी पुर्वी आफ्नो आफन्तको सहारा लिई उनी महतोको गाउँमा आएर आफु संग भएको कुरा राख्दा समाजका निर्णय अनुसार राजु महतोका पिता गौरी महतोले समाजको बीचमै उनलाई “मेरो बुहारी भइसक्यो“ भन्दै स्वीकार गरे । उनले हात समातेर बुहारीका रूपमा घोषणा गरी घर लगेको थियो । तर उनलाई घरभित्र लैजानुको सट्टा घरको गेटमा छोडेर फरार भएका छन् ।
पीडित युवती न्यायको आशामा ससुरालीको गेटबाहिर आफ्नो आमा, बहिनी र १२ वर्षीय भाइको साथ १ महिनादेखि धर्ना दिइरहेकी छिन् । अहिलेको कठोर चिसो मौसमका बाबजुद उनीहरू घर बाहिरै बस्न बाध्य छन् । पीडितले भनिन्, “तीन वर्षसम्म म राजुसँग श्रीमती जस्तो भएर बसें । अहिले विवाहका लागि दबाब दिएपछि दाइजो माग्दै विभिन्न बहाना बनाई मलाई ठग्न खोजिएको छ ।

कुमारी पुर्वीका अनुसार राजुले विवाहको सर्तमा मोटरसाइकल, सुनको सिकडी, अंगुठी र नगद सहीत विभिन्न समाग्री दाइजो माग गरेका छन् । आफु सामान्य परिवारका भएका कारण दाइजो दिन नसक्ने भएपछि राजुले उनलाई विवाह गर्न अस्वीकार गरेको र त्यसपछि समाज र घरबाट टाढा राख्न खोजिएको हो भने दुःख पोखेका छन् ।

घरको गेट अगाडि बसदै गरेको १ महिना हुन लाग्दा महतो पक्षले यहाँ बाट भगाउन कुनै कसर छाडेको छैन । गए ६ गते राती करीब १२:२० बजे तिन जना ज्यान मार्ने उद्देश्यले फलामको रड लिएर आएको कुमारी पुर्वीले बताएकी छिन् । साथै यो विषयलाई लिएर पैसा लिई मिलमिलाप गर्न महतोको मामाले बारम्बार दबाब दिरहेको कुमारी पुर्वीका आमाले बताएकी छिन् ।

पीडितले भनिन्, “न्याय पाउँदिन भने यो घरको गेटमै आत्महत्या गर्न बाध्य हुनेछु ।” उनले न्याय नपाएसम्म धर्ना जारी राख्ने बताएकी छिन् । जिल्ला प्रहरी कार्यालय रौतहट र महिला सेल गरुडाम न्यायको लागि निवेदन दिएको तर प्रहरी प्रशासन मैन रहेको छ । यो घटनाले स्थानीय समाज र प्रशासनको मौनताबारे प्रश्न खडा गरेको छ । पीडितको धर्नाबारे स्थानीय प्रहरी र प्रशासनले अहिलेसम्म कुनै ठोस कदम नचालेको पिडित बताउनुभयो । यस घटनाले महिला अधिकारका सवालमा समाजको संवेदनशीलता र कानूनी प्रक्रिया माथि शंका उब्जाएको छ ।