गौर नगरपालिकाद्वारा छात्र-छात्रालाई विद्यालय ब्याग वितरण

105

गौर नगरपालिकाले सोमबार मिति २०८१ मंसिर ८ गते कक्षा ८ देखि १० सम्मका छात्र-छात्राहरुलाई विद्यालय ब्याग वितरण गरेको छ। नगर प्रमुख शम्भु साहज्यूको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा छात्र-छात्रालाई शैक्षिक प्रोत्साहनस्वरूप ब्याग वितरण गरियो।

ब्याग वितरण कार्यक्रममा वि.व्य.स अध्यक्ष विनोद साह कलवार, शिक्षा शाखा प्रमुख तथा अन्य प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक प्रभाष कुमार ठाकुर, साथै शिक्षक र कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमले नगरपालिकाका विद्यार्थीहरुलाई अध्ययनमा थप प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको बताइएको छ। नगर प्रमुख साहले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको र आगामी दिनमा पनि यस्ता कार्यलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो। विद्यार्थी र अभिभावकहरूले नगरपालिकाको यो कदमप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्।