रौतहट // बागमती समाजको आयोजनामा र राजपुर नगरपालिकाको समन्वयमा मिति २०८१ साल पौष ५ र ६ गते आगामी दुई दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ। यो शिविरमा सम्भावित क्षयरोग त् का बिरामीहरूको निःशुल्क परीक्षण र परामर्श गरिनेछ। कार्यक्रम नयाँ प्रशासकीय भवनमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ।
शिविरमा विशेषगरी खोकी लाग्ने, साझ पख ज्वरो आउने, तौल घट्ने, र छातीसम्बन्धी समस्या भोगिरहेका व्यक्तिहरूलाई सहभागी हुन आग्रह गरिएको छ। यस सेवा लिनका लागि कुनै शुल्क लाग्ने छैन।
राजपुर नगरपालिकाका जनस्वास्थ्य अधिकारी मिजानुर रहमानले सम्पूर्ण सेवाग्राहीहरूलाई शिविरमा उपस्थित भई यो अवसरको लाभ उठाउन हार्दिक अनुरोध गरेका छन्। यो अभियानले नगरवासीहरूमा क्षयरोगको पहिचान र उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।