रौतहट / रौतहटमा मीटर ब्याजी पक्राउ अर्थात साहु महाजनहरु धमाधम पक्राउ पर्न थालेका छन् । मीटर ब्याजीहरुमाथी रौतहट प्रहरीले कडा एक्सन लिएपछि चर्को ब्याजमा पैसा लगानी गर्ने साहुहरु यतिखेर धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् ।अनुचित लेनदेन अर्थात तोकिएको भन्दा बढी चर्को ब्याजमा पैसा लगानी गरेको आरोपमा रौतहट प्रहरीले विहिवार एक जनालाई पक्राउ गरेको छ ।
मीटर ब्याजको आरोपमा लामो समयदेखी फरार रहेका जिल्लाको माधवनारायण नगरपालिका –५ मिठुअवाका दरवारी साह तेलीको छोरा ४१ वर्षिय श्रीभगवान साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गौर रौतहटबाट खटेको प्रहरी टोलीले विहिवार लुकीछिपी बसेको अवस्थामा अनुचित लेनदेन कसुर मुद्दाका फरार अभियुक्त साहलाई पक्राउ गरेको हो ।
अनुचित लेनदेन अर्थात मिटरव्याजीको कारोवार गरेको आरोपमा जिल्ला अदालत रौतहटको पक्राउ पुर्जीको आधारमा मीटरव्याजी साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दिपक कुमार रायले जानकारी दिएका छन् ।
अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भइ फारार रहेका साहलाई जिल्लाको शुकदेव चौकबाट पक्राउ गरिएको डिएसपी रायले बताए ।
स्थानीय रामप्रित साहले दिएको जोहेरीको आधारमा श्रीभगवान साह र निजको श्रीमती विनिता साहमाथी अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौर रौतहटबाट गत मंसिर २० गते पक्राउ पुर्जी जारी भएपछि रौतहट प्रहरीले विहीवार साँझ श्रीभगवान साहलाई पक्राउ गर्न सफल भएका हुन् ।
अनुचित लेनदेन सम्बन्धी मुद्दामा आलतबाट पक्राउ पुर्जी जारी भएको अर्का अभियुक्त साहका श्रीमति विनिता साह फरार रहेको र उनको पनि खोजतलास भइरहेको श्रोतले जनाएको छ ।
पीडित रामप्रित साहले मीटर व्याजी श्रीभगवान साहसंग लिएको साँवा र ब्याज चुक्ता गरेपछि श्रीभगवान साहले उनीसंग गराएको कपाली तमसुक कागज फिर्ता गर्न नमानेपछि पीडित रामप्रितले प्रहरीमा मीटर ब्याज सम्बन्धी जाहेरी दिएका थिए ।
पक्राउ परेका व्यक्ति श्रीभगवान साह सरकारी कर्मचारी रहेको र उनी कर्णाली प्रदेशमा कार्यरत रहदा त्यहाँबाट घरआएर लुकीछिपी बसीरहेको कुरा प्रहरीले थाहा पाउने वित्तिकै निजलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सुचनामा उल्लेख छ ।
रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे अहिले विदामा छन । एसपी घिमिरे विदामा गएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी अहिले डिएसपी दिपक कुमार रायले सम्हालेका छन् ।
डिएसपी रायले फरार अभियुक्तहरुलाई पक्राउ गर्न तादरुक्ता देखाएपछि विभिन्नि कुद्दामा फरार अभियुक्तहरु अहिले धमाधम पक्राउ पर्न थालेका छन । डिएसपी रायको कडा निगरानी र एक्सनकै कारण कठोर मीटर व्याजी रहेका श्रीभगवान साह पक्राउ पर्न सफल भएका छन् । यसमा रौतहट प्रहरीको ठुलो सफलता रहेको देखिएको छ ।
मीटर व्याजी श्रीभगवान साह पक्राउ परेपछि अनुचित लेनदेन अर्थात मिटरब्याजीको कारोवार गर्ने व्यक्तिहरुमा डरत्रास उत्पन्न भएको छ । उनिहरुमा चर्को व्याज असुली गरे कहि कतै समातिने त होइन भनी डर छाएका छन् ।
मुलकी देवानी संहिता २०७४ को परिच्छेद १५ को दफा ४७८ मा साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक दस प्रतिशतभन्दा बढी हुने छैन भन्ने उल्लेख छ ९ नेपाल सरकार २०७४० कानुनमा यस्तो प्रावधान रहे तापनि व्यवहारमा ठीक उल्टो छ ।
मिटर–ब्याजलाई मधेशतिर सैतानी ब्याजको पासो भन्ने गरेको पाइन्छ । ब्याजको पासोमा परेपछि उम्किनै नसक्ने भएकाले यसलाई स्थानीय जनताले सैतानी नाम दिएको छ ।
छोटो अवधिका लागि र प्रचलित दरभन्दा अत्यन्त बढी ब्याज प्रतिफल पाउनेगरी गरिएको लगानीलाई चलनचल्तीमा मिटर ब्याज कारोबार भन्ने गरिन्छ साँवा ब्याज तिर्ने भाका छोटो भएकाले तोकिएको भाकामा नतिरे वा तिर्न नसके ‘स्पिडोमिटर’ मा अङ्क बढेजस्तो गरी ब्याज रकम बढ्ने हुनाले यस्तो कारोबारलाई मिटर ब्याज भनिएको छ ।स्रोत :साझेदारी दैनिक