रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ६, जोकाहा स्थित अधुरो रहेको श्री शिव मन्दिरको निर्माण कार्य नगरप्रमुख श्रीमती कौशल्या देवीको विशेष पहलमा आजदेखि पुनः सुरु भएको छ।
नगर प्रमुखको योजना अनुसार, यो निर्माण कार्यलाई उपभोक्ता समितिमार्फत सञ्चालन गरिनेछ। नगरप्रमुखज्यूको भनाइ अनुसार, “उपभोक्ता समितिबाट काम गराउँदा कम खर्चमा गुणस्तरीय निर्माण हुने, जनताको अपनत्व बढ्ने र मौलिक प्रविधिको संरक्षणसमेत हुनेछ।”
कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य माननीय नागेन्द्र प्रसाद सिन्हा, नगर प्रमुखका निजी सचिव प्रमोद यादव, वडा नं. ६ का वडा अध्यक्ष जवाहर साह, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा अन्य जनप्रतिनिधिहरूको उपस्थिति थियो।
नगरप्रमुख कौशल्या देबीले उपभोक्ता समितिका पदाधिकारीहरूलाई इमानदारीपूर्वक काम गरी समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो। यो मन्दिर निर्माणले धार्मिक स्थलहरूको संरक्षण तथा विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ।
स्थानीय समुदायको सहभागिता र समर्पणले मन्दिरको निर्माण कार्य समयमै सम्पन्न भई यसको धार्मिक र सांस्कृतिक महत्व अझ बढ्ने अपेक्षा गरिएको छ।