पत्रकार महासंघ रौतहट शाखामा अनिश्चितकालसम्म तालाबन्दी

200

रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखामा बुधबार फेरी अनिश्चितकालसम्मको लागी तालाबन्दी गरीएको छ।

यही महीनाको २८ गते नेपाल पत्रकार महासंघको जिल्ला,प्रदेश तथा केन्द्रमा एकै दिन देशभरी हून लागेको चूनावलाई लक्षित गरी शाखा कार्यालयमा ताला लगाईएको हो।
जिल्लाको विगत दश वर्ष देखी क्रियाशील पत्रकारहरूलाई नया सदस्यतावाट वञ्चित राखीएको र यसपाली पनी नया सदस्य थप नगरेकोले सो ताल्चा लगाईएको क्रियाशील पत्रकार दिलिप पाण्डेले बताएको छ।
जबसम्म हामी क्रियाशील पत्रकारहरूको सदस्यता हूदैन तबसम्म हामी ताल्चा न खूलाऊने हाम्रो मूख्य माॅग रहेको र यसपाली मौखीक कूरामा नपर्ने बताए। २०७७\१२\२५ गते महासंघको चूनाव रहेको र चूनावको भोलीदेखी २०७७\१२\२६ गतेदेखी लागू हूने गरी जम्मा २६ जनाको नया सदस्यता थपने गरी जिल्लालाई पत्राचार हूदा पनी सो पत्रलाई शाखा तथा केन्द्रले कूनै वास्ता न गरी एउटा पनी नया सदस्यता न थप गरेकोमा सबै क्रियाशील पत्रकारहरूले दूख पोख्दै आन्दोलनमा ऊत्रेका पत्रकार पाण्डेले जानकारी गराएको छ ।
पटक पटक नवीकरण तथा नयाँ सदस्यताको लागि तालाबन्दी र सहमति सम्झौता गर्दा गर्दै अहिले सम्म त्यो विषयमा केही सुनुवाइ नहुँदा रौतहट शाखामा क्रियाशील पत्रकार सङ्घर्ष समिति रौतहट र प्रेस मञ्च नेपाल रौतहट शाखाका पदाधिकारीद्वारा अनिश्चितकालका लागि तालाबन्दी गरेको प्रेस मञ्च रौतहट जिल्ला अध्यक्ष किशोरी यादवले बताए ।