सडकमै धान र परालको चाँग लगाउदा दुर्घटनाको जोखिम

76

रौतहट । रौतहटको किसानहरु यतिखेर किसानहरुलाई धान भित्रयाउने चटारो लागेको छ तर धानको भारी र पराल सडकमै थुपारेर चाँग लगाउदा दुर्घटनाको जोखिम बढेका छन् ।
जिल्लाको ग्रामिण भेगका सडकमा नै किसानहरुले धानको बाली राखेर गर्ने र पराल थुपारेर चाँग लगाउने बानीका कारण यहाँका सडकमा सवारी दुर्घटनाको जोखिम बढेर गएका हुन् ।
गौर नगरपालिका वार्ड न. ७ र वडा न. ८ जोडने सडकमा दुबैतिर किसानहरुले सडकमै पराल र धानको भारी थुपारेर राख्दा स्थानीयहरुले रातीको समयमा आवतजावत गर्न कठीनाई रहेको स्थानीयले बताउछ ।
किसानहरुले सडकमै पराल र धानको भारी थुपारेर राख्दा सावधानी पूर्वक सवारी साधन नगुडाए कुनैपनि बेला पनि दुर्घटना भई ठूलो मानवीय क्षति हुनसक्ने अवस्था रहेको गौर नगरपालिका ७ का अजहर खानले बताए । खासगरेर ग्रामीण भेगका सडकको दुवै साईडमा सडक च्यापेर किसानहरूले पराल र धान राखेको भएपनि सम्बध निकाय मौन रहदा यस्ता परमपरा बढदै गएको उनले गुनासो गरे ।
त्यति मात्र नभइ किसानहरुले धान थ्रेसर बाटोमै लगाइदिने गरेका छन् । बाटोमै धान र पराल थुपार्ने गरेका कारण सवारी साधनमा हिड्डुल गर्न समस्या हुने गरेको खानले बताए । मानिस हिड्ने र सवारी हिडने सडकमा धान थ्रेसर हुँदा बाटो भएर हिड्दा आँखा तथा नाकबाट धुँलो र भुसका करणहरु शरिर भित्र प्रवेश गरेर विभिन्न समस्या उत्पन्न हुने गरेको उलने बताए ।
जिल्लाको गौर नगरपालिका, देवाही गोनाहि, गढिमाई, वृन्दावन, गंगापिपरा, समनपुर सडक खण्ड लगायत विभिन्न पालिकाको ग्रामिण सडक अहिले किसानहरुका कारण अस्तव्यस्त बनेको छ ।
बाटोमै धान र पराल थुपार्ने तथा थ्रेसर लगाउने गरेका कारण दुर्घटनाको जोखिम बढेको भए पनि सम्बन्धित निकायले यस समस्याप्रति कुनै ध्यान नदिएको स्थानीयहरुले गुनासो गरेको छ ।