सन नेपाल लाईफ इन्स्योरेन्सले बिरामीलाई फलफूल वितरण गरेर मनाए ७ औं वार्षिक उत्सवमा

129

रौतहट । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बिरामीलाई फलफुल वितरण गरी ७ औं वार्षिक सत्सव मनाएका छन । प्रादेशिक अस्पताल गौरमा निम्न बर्ग समुदायको गरिब दलित ब्यक्तीहरुको बिरामी उपचारका लागी भर्ना भएका सबै बिरामीलाई फलफुल बितरण गरेका छन ।

उपशाखा प्रबन्धक सरोज कुमार श्रीवास्तवका अनुसार हामी प्रत्यक्ष रूपमा समाजसंग जोडीएकोले समाज सेवा गरे नै उत्सव मनाएको बताएका छन । बिरामी परेको बेला शरीरमा पौष्टिक तत्वको अभाव हुने भएकोले शारीरिक मानसिक रुपमा स्वास्थय रहनमा सहयोग होस् भने उदेश्यले बिरामीलाई फलफूल वितरण गरेको हो ।

प्रादेशीक अस्पताल गौरका अध्यक्ष अनवर हासमीको सहभागितामा सो फलफुल बितरण गरेको छ । ईशनाथ नगरपालिकाका युवा नेता तथा विधायक प्रत्यासी पंकज कुमार सिन्हा, श्री आधारभुत माध्यमिक विद्यालय ईशनाथ न.पा.–१, बन्जरहाका प्रधानाध्यापक नारायण साह,उपशाखा गौरमा कार्यरत कर्मचारी, मार्केटिङ म्यानेजर, मार्केटिङ कोडिनेटर, अभिकर्ताहरूको उपस्थितिमा ७० जना बिरामीहरुलाई स्याउ,अनार,केरा लगायतका फलफूल वितरण गरेको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका रौतहट गौरको उपशाखाको प्रबन्धक श्रीवास्तवले जानकारी दिएका छन ।

इन्स्योरेन्सले पछिल्लो समय विभिन्न समाजिक कार्य गर्दै आएका छन । बलड डोनेशन,मृत्यु दाबी भुक्तानी,घातक रोग भुक्तानी समाजमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेको शाखा प्रबन्धक श्रीवास्तवले जानकारी दिए । अस्पतालका बिरामीहरुलाई यस्तै बेला बखत सहयोगी संस्थाहरुले सहयोग गरोस् हामी अस्पताल परिवार अभारी रहेको प्रादेशीक अस्पताल गौरका अध्यक्ष हासमीले बताए ।