इशनाथ नगरपालिकाको कर्मचारीहरुको बैठक सम्पन्न

183

रौतहट । रौतहटको इशनाथ नगरपालिकाको सम्पूर्ण कर्मचारीहरुको बैठक बुधवार सम्पन्न भएको छ । इशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवीको बिशेष पहलमा कर्मचारीहरुको गुनासो सुनेका छन । आफ्नो कार्यकालमा कुनै कर्मचारीहरु दुख्ने दिए उदेश्य नरहेको बताए । बैठकलाई सम्बोधन गर्दै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले नगरपालिकालाई बिकास तथा दैनिक कार्यप्रति इमान्दार भई छिटोछरितो कार्य गर्नु पर्ने सम्पूर्ण कर्मचारीहरुलाई सल्लाह दिएका छन । पालिकाको कर्मचारीहरुको मन जित्ने सफल भएको प्रमुख प्रशासकीय अधिकृत गुप्ताले आफनो पालिकामा कुनै समस्या नहुने बताए । कार्यालय समयमा कर्मचारीहरुको केहि समस्या परेमा नगर प्रमुख कौशल्या देवीलाई अवगत गराई समस्या सावधान गराउने पहल गराउनु कर्मचारीहरुलाई बैठकमा कुरा राखेका छन । नगरपालिकाको सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरुलाई मासमान नियमसंगत सेवाग्रहीहरुको दैनिक कार्यहरु छिटोछरितो मुस्कान सहितको कार्य गर्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत गुप्ताले भने पोषक अनिवार्य रुपमा कार्यालयमा लगाएर आउने पर्ने कर्मचारीहरुलाई बताए । हामी राष्टिसेवक कर्मचारीहरु छौ जनताको समस्या समयमा सावधान गर्ने र समयमा कार्यालयमा हाजिर हुनु पर्ने सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिएका छन । सो बैठकमा नगरका सम्पूर्ण कर्मचारीहरुलाई उपस्थितीहरु थिए ।