रौतहट । चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा खसेको बसमा परि ज्यान गुमाएको परिवारलाई परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलद्धारा नगदसहित खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
परोहा नगरपालिका अन्तर्गत रहेको वडा नं ४ लौकाहा ओमराज कुमार साह, वडा नं. ६ बसन्तपट्टी ऋशी कुमार सिंह र ९ रामपुर टोलमा सिकिन्द्र दास जनाको गत शुक्रबार राति काठमाडौंबाट गौर गणपति बस चढेर फर्किरहेको क्रममा चितवन नजिक नारायणघाट– मुगलिङ्ग सडक खण्ड स्थित पहिरोमा परि त्रिशूली नदीमा बस दुर्घटनामा परिे ज्यान गुमाउएको परिवारलाई राहत स्वरूप परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिलले पिडितहरुको घरमा पुगेर रकम चेक ५० हजार र नगद ११ हजार नगदसहित खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मोहम्द महफुज अहमद,इन्जिनियर दिपेन्द्र कुमार यादव र सम्बन्धित वडाका वडाध्यक्षको संयुक्त टोलीले मृत्तकका घरघरमा पुगी परिवारलाई नगद ११ हजार र चेकबाट ५० हजार रकम सहित खाद्यान्न सामग्री समेत प्रदान गरिएका हुन । साथै बेपत्ताहरुको तीव्र खोजी गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन उनले संघीय सरकारसँग माग गरेका छन् । मृतकको आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति भावपूर्ण श्रद्धान्जली अर्पण समेत गरेको छ ।