रौतहटको गौर बसपार्कमा दिप प्रज्वलन

161

रौतहट ।। रौतहटको गौर बसपार्कमा पहिरो जाँदा ६२ जना यात्रुसहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेको सम्झनामा रौतहटको गौर बसपार्कमा दिप प्रज्वलन गरिएको छ । काठमाण्डौबाट गौर आउदै गरेको नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा शुक्रबार बिहान पहिरो जाँदा ६२ जना यात्रुसहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेका छन् ।
ज्यान गुमाएको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्न गौरको बसपार्कमा दिप प्रज्वलन गरिएको हो ।
समाजसेवी सजय यादबको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा गौर नगरपालिका वार्ड न. ४ का वडा अध्यक्ष संजय गिरी र गौर नपा वा न.८ का वडा अध्यक्ष जनार्दन साह समेतको उपस्थिति रहेको थियो ।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा शुक्रबार बिहान पहिरो जाँदा ६२ जना यात्रुसहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेका छन् । काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख–१५१६ नम्बरको एन्जलस डिलर्स बस त्रिशूलीमा हराइ रहेको हो । त्यसको सम्झनामा गौर बसपार्कमा दिप प्रज्वलन गरिएको छ । गौर नपा ४ वडा अध्यक्ष सन्जय गिरि, वडा न ८ का वडा अध्यक्ष जनार्दन साह,अस्थायी प्रहरी पोस्ट बसपार्कका इन्चार्ज , समाजसेवी,पत्रकार लगायतका उपस्थिति रहेकोे थियो ।