रौतहट । नेकपा एमालेका केन्द्रिय सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टीले देशको विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने स्पष्ठ परेका छन् ।
नेकपा एमाले बिन्दबासिनी गाउँपालिकाको कमिटीले आज सोमबार बिन्दबासिनीको बहुवर्वाभाठ्ठामा आयोजना गरेको दोश्रो गाउँपालिका अधिवेशन कार्यक्रममा मन्त्री गुप्ताले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको बताएका हुन् ।
विसं २०५१ मा विसं २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उनले बताए । उनले भने, ‘अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ उनले थपे ।’
एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको मन्त्री गुप्ताले बताए । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको साथै जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसंग जोड्ने योजना अन्तर्गत हुलाकी राजमार्ग योजना समेत नेकपा एमालेले ल्याएको उनले बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको सरकारमा आफूले पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती ऐनको विवाद पटक पटक वार्ता र छलफल गर्दै अन्तिम चरणसम्म पुर्याएको बताए साथै केही दिन भित्रै संघीय निजामती ऐन पारित गरी राष्ट्र सेवक कर्मचारीहरुमा खुस्याली दिने उनले बताए ।