त्रिशूली नदीको बस दुर्घटनामा हाम फालेर बाच्न तत्कालका लागि २५ हजार नगद सहित खाद्यान्न सामग्री सहयोग

72

त्रिशूली नदीको बस दुर्घटनामा हाम फालेर बाच्न सफल भएका एक परिवारलाइ गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले तत्कालका लागि २५ हजार नगद सहित खाद्यान्न सामग्री सहयोग गरेका हुन ।

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा पौडेर बाच्न सफल भएका गरुडा नगरपालिका वडा नं ९ सिसवाका जुगेश्वर राय यादवको घरमा पुगेर गरुडा नगर प्रमुख कन्थमणी प्रसाद जयसवाले उहाँको स्वास्थ अवस्था बुझेका हुन ।
साथ साथै उक्त दुर्घटनामा परिवारका ४ जना बेपत्ता भएको खवरले विक्षिप्त भएका पीडित परिवारलाई धैर्य धारणको कामना गर्दै तत्काल गरुडा नगरपालिकाको तर्फबाट २५ हजार सहयोग तथा खाद्यान्न सहयोग गरिएको मेयर जयस्वालले बताए ।

समस्यामा परेका परिवारको स्वास्थ उपचार लगायत आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत मेयर जयसवालले जनाएका हुन । साथै बेपत्ताहरुको तिब्र खोजी गरी पीडित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउन उनले सरकार संग जोडदार माग समेत गरेका हुन ।