राजपुर नगरपालिकाको ८औं नगर सभा सम्पन्न

97
  1. रौतहट । रौतहटको राजपुर नगरपालिकाको ८औं नगर सभा सम्पन्न भएको छ । राजपुर नगरपालिकाको नगरप्रमुख डा.राजिक आलमले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि ५५ करोड ६० लाख ५३ हजारको बजेट ल्याएको घोषणा गरेका छन् ।
    राजपुर नगरपालिकाको सभाकक्षमा सोमवार सम्पन्न भएको ८ औं नगरसभाको खुलासत्रमा अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सहित बजेट मेयर डा. आलमले घोषणा गरेका हुन् ।
    मेयर डा.आलमले आर्थिक वर्ष २०८१–०८२ का लागि कुल ५५ करोड ६० लाख ५३ हजार बजेट घोषणा गरे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अनुमानित आय व्यय सहितको सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख डा. आलमले बताए ।
    सो कार्यक्रममा उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, प्रशासन शाखा प्रमुख, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीय बासिन्दाहरु, पत्रकार लगायतको सहभागितामा नगरसभा सम्पन्न भएका छन् ।