परोहा नगरपालिकाको ८औं नगर सभा सम्पन्न

46

रौतहट । रौतहटको परोहा नगरपालिकाको ८औं नगर सभा सम्पन्न भएको छ । परोहा नगरपालिकाको नगरप्रमुख शेख वकिलले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि ४७ करोड ४४ लाख १९ हजार १ रुपैयाको बजेट ल्याएको घोषणा गरेका छन् ।
परोहा नगरपालिकाको सभाकक्षमा सोमवार सम्पन्न भएको ११ औं नगरसभाको खुलासत्रमा अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सहित बजेट टोलटोल गैस सिलेन्डरमा मेयर वकिलले घोषणा गरेका हुन् । परोहा नगरपालिका कार्यालय बाट वाड न,१ देखि ९ सम्मको हरेक घरमा गैस चुलहा सेठ एहि कार्तिक भित्र वितरण घोषणा व्यक्त गरेको छ ।
मेयर वकिलले आर्थिक वर्ष २०८१–०८२ का लागि कुल ४७ करोड ४४ लाख १९ हजार १ रुपैया बजेट घोषणा गरे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अनुमानित आय व्यय सहितको सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख वकिलले बताए ।
नेपाली काँग्रेस नेता रामचन्द्र गिरिको प्रमुख आतिथ्य सम्पन्न नगरसभामा उपमेयर, प्रमुख प्रशासकिय अधिकृत महसुद, प्रशासन शाखा प्रमुख, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीय बासिन्दाहरु, पत्रकार लगायतको सहभागितामा नगरसभा सम्पन्न भएका छन् ।