कुलोमा डुबेर एकजना युवकको मृत्यु

100

रौतहट ।। रौतहट जिल्लाको पस्चिमिभेग पर्ने फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत कुलोमा डुबेर एकजना युवकको ज्यान गएको छ । फतुवा बिजयपुर ६ स्थित कुलोमा डुबेर वडा ५ सन्तपुर दोस्तियाका ४० बर्षिय मिरहसन अन्सारीको मृत्यु भएको हो ।

पानीमा शव तैरिरहेको देखेर घंसियाले खबर गरेपछि घटनास्थल पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले मृतक अन्सारी रहेको पुष्टिभएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु विश्वकर्माले जानकारी दिएका छन ।

करिब ३/४ दिनदेखि हराईरहेका अन्सारीको शव कुहिएको र एउटा कान माछाले खाईसकेकाले उनको मृत्यु दुईतीन दिन अघिनै भएको हुनसक्ने अनुमान रहेको ईन्स्पेक्टर विश्वकर्माले जानकारी दिएका छन । मृतक २४ घन्टे जंडेयाहा रहेकोे र उसको पाईन्टको जिपर खुलेको अवस्थामा शव बरामद भएकाले उनी पिसाब फेर्न जांदा कुलोको पानीमा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको तथा घटना बारे थप अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।