आकर्षक घर बनाउन लगाउदिन्छु रकम ठगी गरेको आरोपमा ६ जना पक्राउ

110

रौतहट । रौतहटमा ठगी गर्ने ६ जनालाई रौतहट प्रहरीले पक्राउ गरेका छन । गरिव असहाय एवं विपन्न समुदायका मानिसलाई विभिन्न प्रलोभन देखाउदै रकम ठगी गर्ने ६ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएका छन् ।

रौतहटको जिल्लाको माधवनारायण नगरपालिका वडा नम्वर ८ रजवाडाका गरिव असहाय विपन्न दलित परिवारका सदस्यहरुलाई मिठो मिठो सपना देखाएर तिमीलाई आकर्षक घर बनाउन लगाउदिन्छु भनेर रकम ठगी गर्दै आएको र ति व्यक्तिहरुको घर नबनाएको र रकम पनि फिर्ता नगरपछि पिडितहरु प्रहरीले लिखित उजुरी गरेका आधारमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर कारवाही चलाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहा गाउँ बस्ने ५२ बर्षिय रामनाथ माझी, ३२ बर्षिय प्रकाश माझी, गरुडा नपा ९ गेडहीगुठीका २५ बर्षिय सिकिन्द्र ठाकुर लोहार, वडा नम्वर ५ शिवनगरका ७१ बर्षिय मुगलाल महरा, वडा नम्वर ९ का ४५ बर्षिया रामकली देवीलाई नियन्त्रणमा लिएर कारवाही चलाइएको हो ।

रजवाडा टोल स्थितका विपन्न वर्गका मानिसहरुलाई मधेश प्रदेशको शहरी बिकास मन्त्रालयले गरिव र विपन्न वर्गका परिवारलाइ आवास बनाई दिने कार्यादेश प्राप्त भएको छ भनी विभिन्न लोभ प्रलोभन देखाई प्रति घरपरिवार संग दश हजार देखी चालिस हजार सम्म खर्च लाग्छ भनी सयौं मानिसहरुबाट रकम असुली गरी ठगी गर्नेहरुलाइ जेठ १९ गते पक्राउ गरी अनुसन्धान पश्चात ठगी कसुर ऐन तर्फ कारवाही चलाइएको जिल्ला प्रहरी कार्या रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।