रकम ठगि गर्ने दुई जना पक्राउ

192

रौतहट । यातायात व्यवस्था कार्यालय रौतहट गौरबाट सवारी अनुमती पत्रलाई सेवाग्राहीलाई ट्रायल र प्रयोगात्मक परिक्षामा पास गराइदिने भनेर रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेका छन ।

सवारी चालक अनुमती पत्र बनाउन लगाइदिन्छु भनेर रकम ठगी गर्ने दुई जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर कारवाही चलाएका छन् । यातायात व्यवस्था कार्यालय रौतहट गौरबाट सवारी अनुमती पत्र लिनका लागि विभिन्न स्थानबाट आएका सेवाग्राहीलाई ट्रायल र प्रयोगात्मक परिक्षामा पास गराइदिने भनेर रकम ठगी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएर आवश्वक कारवाही चलाएका हुन् ।

राजदेवी नगरपालिका वडा नम्वर २ मा रहेका ट्रायल सेन्टरमा प्रयोगात्मक परिक्षामा सहभागी हुने आउने व्यक्तिहरु संग पास गरादिन्छु भन्दै रकम ठगि गर्दै आईरहेका चितवन भरतपुर महानगरपालिका वडा नम्वर ३ घर भई भरतपुर महानगरपालिका वडा नम्वर १० स्थित कान्तिपुर ड्राईभिंग स्कुल ९सेन्टर० का संचालक ४५ बर्षिय रमेश पाठक र गौर नगरपालिका वडा नम्वर १ का ४८ बर्षिय श्यामनारायण साह विरुद्ध कारवाही चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी एलिजा गिरीले बताइन् ।

प्रहरी अनुसन्धानमा ट्रायल परिक्षामा सहभागी हुन आउने सेवाग्राहीहरुलाई बिश्वास दिलाई एकजना सेवाग्राहीबाट १० हजार देखि ३० हजार सम्म ठगी गर्दै आईरहेको सूचनाको आधारमा यातायात व्यवस्था कार्यालय रौतहट, गौरबाट सवारी चालक अनुमती पत्रको लागि संचालन भई रहेको प्रयोगात्मक परिक्षा ट्रायल सेन्टर परिसरमा सेवाग्राहीहरुबाट रकम असुली गर्ने कार्यमा शंकास्पद देखिएका दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पश्चाता कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन ।